शरद भेसावकरले पुरा गरे शतक

२०७४ आश्विन ७, शनिबार ००:००

  • विकेटनेपाल, असोज ७ 

भारत भ्रमण अन्तर्गत तेश्रो अभ्यास खेलमा शरद भेसावकरले तमिलनाडु ‘ए’ बिरुद्ध शतक प्रहार गरेका छन् ।

शरदले ४७ औं ओभरमा शतक प्रहार गर्नेक्रममा उनले ११७ बलको सामना गर्दै  ११ चौका प्रहार गरेका थिए l शतक प्रहार गरेलगत्तै उनि आकाशको बलमा लाग अफमा क्याच आउट भएका थिए ।

शरद आउट भएपछि नेपालले ४७ ओभरमा २५३ रनमा ३ विकेट गुमाएको छ । दिपेन्द्र ऐरी ३४ तथा बिनोद भण्डारी ० रनमा ब्याटिंग गरिरहेका छन् ।

यस अघि दोश्रो अभ्यास खेलमा ज्ञानेन्द्र मल्लले पनि शतक प्रहार गरेका थिए ।

शरदले सागर पुनसंग दोश्रो विकेटको लागि १४७ रनको साझेदारी गरेका थिए l सागर ७७ रन बनाउदै ३९ औं ओभरमा आउट भएका थिए l ९९ बलको सामना गरेका सागरले १ छक्का र ४ चौका प्रहार गरेका थिए l

ओपनर ज्ञानेन्द्र मल्ल १० औं ओभरमा ३१ रनको व्यक्तिगत स्कोरमा आउट भए । मल्लले ३७ बलको इनिंगमा ६ चौका प्रहार गरेका थिए । उनलाई भिग्नेस रावले क्याच आउट गराए ।

खेलको अपडेट यो लिंकमा 

नेपालले चेन्नाई भ्रमण अन्तर्गत दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

अक्टोबर १३ र १५ तारिकमा हंगकंगमा हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारीको लागि टिमले भारत भ्रमण गरेको हो ।

( फिचर फोटो – फाइल )

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy