नेपालको लगातार तेश्रो जित, शरदको शतक, दिपेन्द्रको बिस्फोट

Sharad Vesawkar
  • विकेटनेपाल, असोज ७ 

भारतको चेन्नाई भ्रमणमा रहेको नेपाल क्रिकेट टिमले तेश्रो अभ्यास खेलमा तमिलनाडु ‘ए’ लाई १४७ रनले पराजित गरेको छ ।

मुरुगुप्प्पा मैदानमा टस जितेर ब्याटिंग गरेको नेपालले शरद भेसावकरको शतक मदतले पुरै ५० ओभर ब्याटिंग गर्दै ५ विकेट गुमाई ३११ रन बनाएको थियो । जवाफमा तमिलनाडु ‘ए’ ले ४५.३ ओभरमा १६४ रनमै सबै विकेट गुमाएपछि अर्को सहज जित हात पार्यो ।

नेपालको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका शरद भेसावकरले शतक प्रहार गर्नेक्रममा ११७ बलको सामना गर्दै ११ चौका प्रहार गरेका थिए ।शतक प्रहार गरेलगत्तै उनि आकाशको बलमा लंग अफमा क्याच आउट भएका थिए । नेपालको लागि दोश्रो अभ्यास खेलमा ज्ञानेन्द्र मल्लले पनि शतक बनाएका थिए ।

चौथो नम्बरमा ब्याटिंग गर्न आएका दिपेन्द्र ऐरीले विस्फोटक इनिंग खेलेपछि नेपालले अन्तिमको ओभरहरुमा धेरै रन बटुल्न सक्यो । ऐरीले मात्र ३७ बलको इनिंगमा ४ छक्का र ८ चौका प्रहार गर्दै ७३ रनको इनिंग खेलेका थिए ।

दिपेन्द्र ऐरीले ४ छक्का र ८ चौका प्रहार गरे

नेपालको लागि ओपनर सागर पुन र ज्ञानेन्द्र मल्लले ४६ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३१ रन बनाएरआउट भएका थिए । सागर ७७ रन बनाउदै ३९ औं ओभरमा आउट भए ।  ९९ बलको सामना गरेका सागरले १ छक्का र ५ चौका प्रहार गरेका थिए ।

दोश्रो इनिंगमा तमिलनाडु ब्याट्सम्यान आर सत्यनारायणले सर्बाधिक ६७ रनको योगदान दिए ।

बिशाल जित दर्ता गर्न नेपाली बलर सन्दिप लामिछानेले सर्बाधिक ३ विकेट हात पारे भने करन केसी र सुशील कंडेलले १-१ विकेट दिलाए ।  बसन्त रेग्मी, ललित भण्डारी र दिपेन्द्र ऐरीले पनि १-१ विकेट आफ्नो नाम गरेका थिए ।

स्कोरकार्ड 

नेपालले दोश्रो अभ्यास खेलमा बिहिबार मिलापुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गरेको थियो । यस्तै पहिलो अभ्यास खेलमा मंगलबार डीन्डीगुल ड्रयागन्सलाई १५३ रनको बिशाल अन्तरले पराजित गरेको थियो।

भ्रमण अन्तर्गत नेपालले चौथो तथा अन्तिम अभ्यास खेल २५ तारिक सोमबार खेल्नेछ जसपछि सेप्टेम्बर २७ गते फूलपातीको दिन स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

(  नोट – फोटो पुरानो प्रयोग गरिएको हो )





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]