नयाँ बर्षको दिन निशाको खुलासा, बुवा बन्दै शरद

  • विकेटनेपाल- पौष १८ 

यसै बर्ष असारमा बिबाह गरेका क्रिकेटर शरद भेसावकर बुवा बन्ने भएका छन्।

अभिनेत्री तथा शरद पत्नी निशा अधिकारीले आफ्नो फेसबुक मार्फत नयाँ बर्ष २०१८ को पहिलो दिन आफु आमा बन्न लागेको सार्वजनिक गरेकी हुन्।

लामो प्रेम सम्बन्धलाई ६ महिना अघि बिबाहमा परिणत गरेका सेलिब्रिटी जोडीको बिबाहले निकै चर्चा पाएको थियो। निशाले फेसबुकमा आफ्नो फोटो तथा गर्भावस्थाबारे किताब सहितको पोस्ट गर्दै आफु आमा बन्ने हैन बनिसकेको भावको पोस्ट गरेकी छिन्।

पाँचौ महिना पुगेको निशाको गर्भको खबरको निशाले गरेको फेसबुक पोस्ट शरदले पनि फेसबुकमा शेयर गरेका छन्।

नेपालमै पहिलो पटक क्रिकेट खेलाडी र फिल्म अभिनेत्री बीच बिबाह भएकाले चर्चित रहेको निशा-शरदको जोडीले बिबाह अघि देखिनै चर्चा पाएको थियो। भारतमा चलचित्र र फिल्म जगतको जोडी सामान्य मानिए पनि नेपालमा पहिलो पटक बाँधिएको जोडीले नेपाली क्रिकेट र फिल्म जगतको सम्बन्धमा नयाँ थालनी गरेको थियो।

यस्तो थियो निशा शरदको प्रेम कथा 

निशा र शरदको प्रेम २०१३ मा नेपाली क्रिकेट टिमले टि-२० बिश्वकप छनौट हुँदा देखि बाहिरीएको थियो। नेपाली टिम बिश्वकप छनौट भएर युएईबाट फर्किदा बिमानस्थलमा स्वागत गर्न निशा पुगेको थिईन्। त्यसपछि निशा र शरद फिल्म हलमा, क्रिकेट मैदानमा, फुटबल हेर्न, ध्यान स्थलमा समेतसंगै देखिंदा दुवैको प्रेमको चर्चा चुलिएको थियो।

शरद र निशा दशरथ रंगशालामा फुटबल हेर्नेक्रममा

निशा नेपाली क्रिकेट टिमले प्रतियोगिता खेल्दा वा शरदको टिमले प्रतियोगितामा सहभागिता जनाउदा फेसबुकमा शरदले गिफ्ट दिएको नेपाली टिमको जर्सी लगाएको फोटो पोस्ट गर्दै बारम्बार समर्थन गर्ने गर्थिन्।

सन् २०१४ सेप्टेम्बरमा निशाले फेसबुकमा शरदसंगको फोटो पोस्ट गर्दै आफ्नो प्रेमको खुलासा गरिकी थिईन्।

आफ्नो प्रेमको खुलासा निशाले फेसबुक मार्फत गरेकी थिईन्

सगरमाथा आरोहण गरिसकेकी निशा साहसिक कार्य गर्ने निडर अभिनेत्रीको रुपमा चिनिने गर्छिन्। कहिले खुइलिएको कपाल, कहिले सुनगाभा जस्तो फरक धारको चलचित्र खेल्ने निशा जीवनमा प्रयोग रुचाउने गर्छिन्।

अर्कोतर्फ शरद पनि साहसिक काम गर्न मन पराउछन्। टि-२० बिश्वकपमा नेपाललाई छनौट गराउदा उनले हंगकंग र केन्यासंग खेलेको साहसिक इनिंग नेपाली क्रिकेट प्रेमीहरुले सधैं याद गर्नेगर्छन्। निशा जस्तै आफ्नो भावना अभिव्यक्त गर्न नडराउने शरदको स्वाभाव नेपाली टिममा र क्रिकेट जगतमा परिचित छ।

शरद र निशा दुवै अध्यात्मिक छन् र दुवै नियमित ध्यान गर्ने गर्छन्। दुवै जनाले बिपस्यना ध्यान गरिसकेका छन्।

ओशो तपोवनमा एक कार्यक्रममा शरद र निशा




थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]