शरदको अल-राउण्ड प्रदर्शनमा एपीएफ सेमीफाइनलमा, पुष्प र सिद्धान्त चम्किदा प्रदेश-१ को जित

( फिचर फोटो – शरद भेसावकर – फाइल )

काठमाडौं, जेठ १७ । साविकको विजेता एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितको सेमिफाइलनमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दा कर्णाली प्रदेशको प्रधानमन्त्री कप यात्रा समाप्त भएको छ ।

अंकतालिका 

प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दा एपिएफले १ सय २० बल बाँकी रहँदै गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य भेटाउन सफल भएको थियो । एपिएफका लागि शरद भेषावाकरले अविजित ३५ रनको इनिङ्स खेल्दा प्रदिप ऐरीले ३३ तथा आशिफ शेखले २० रनको योगदान गरेका थिए । बलिङतर्फ गण्डकीका दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन प्रहार गरे। स्कोरकार्ड 

आजको अर्को खेलमा प्रदेश-१ ले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ४७ रनमै समेटिँदा लज्जापूर्ण हार बेहोर्यो।

कर्णालीका नितिन रावलले मात्र दोहोरो अंकमा रन बटुल्दा १७ रनको योगदान दिएका थिए । कर्णालीले सस्तैमा समेट्न प्रदेश–१ का पुष्प थापा एक्लैले ६ विकेट लिएका थिए । मुकुन्द यादवले ३ र कमल खत्रीले एक विकेट लिँदा कर्णाली सस्तैमा अलआउट भएको थियो।

Puspa Thapa ( Filee Photo )

त्यसअघि ब्याटिङ गरेको प्रदेश–१ ले ५० ओभरमा ८ विकेट गुमाएर २२८ रन बनाएको थियो। प्रदेश-१ को लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रन बनाए। सिद्धान्त रन लिंदै गर्दा लड्न पुग्दा गोलिगाँठोमा चोटका कारण रिटायर्ड हर्ट हुन पुगे। फिर्दोश अन्सारीले अविजित ४५ रन बनाए।

कर्णालीका लागि प्रकाश जैसी, ललित प्याकुरेल र दिवन पुनले समान दुई विकेट लिए पनि प्रदेश–१ लाई सस्तैमा समेट्न सकेनन् । स्कोरकार्ड 





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]