शरदको अल-राउण्ड प्रदर्शनमा एपीएफ सेमीफाइनलमा, पुष्प र सिद्धान्त चम्किदा प्रदेश-१ को जित

( फिचर फोटो – शरद भेसावकर – फाइल )

काठमाडौं, जेठ १७ । साविकको विजेता एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितको सेमिफाइलनमा प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दा कर्णाली प्रदेशको प्रधानमन्त्री कप यात्रा समाप्त भएको छ ।

अंकतालिका 

प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दा एपिएफले १ सय २० बल बाँकी रहँदै गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य भेटाउन सफल भएको थियो । एपिएफका लागि शरद भेषावाकरले अविजित ३५ रनको इनिङ्स खेल्दा प्रदिप ऐरीले ३३ तथा आशिफ शेखले २० रनको योगदान गरेका थिए । बलिङतर्फ गण्डकीका दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन प्रहार गरे। स्कोरकार्ड 

आजको अर्को खेलमा प्रदेश-१ ले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ४७ रनमै समेटिँदा लज्जापूर्ण हार बेहोर्यो।

कर्णालीका नितिन रावलले मात्र दोहोरो अंकमा रन बटुल्दा १७ रनको योगदान दिएका थिए । कर्णालीले सस्तैमा समेट्न प्रदेश–१ का पुष्प थापा एक्लैले ६ विकेट लिएका थिए । मुकुन्द यादवले ३ र कमल खत्रीले एक विकेट लिँदा कर्णाली सस्तैमा अलआउट भएको थियो।

Puspa Thapa ( Filee Photo )

त्यसअघि ब्याटिङ गरेको प्रदेश–१ ले ५० ओभरमा ८ विकेट गुमाएर २२८ रन बनाएको थियो। प्रदेश-१ को लागि सिद्धान्त लोहनीले सर्वाधिक ६३ रन बनाए। सिद्धान्त रन लिंदै गर्दा लड्न पुग्दा गोलिगाँठोमा चोटका कारण रिटायर्ड हर्ट हुन पुगे। फिर्दोश अन्सारीले अविजित ४५ रन बनाए।

कर्णालीका लागि प्रकाश जैसी, ललित प्याकुरेल र दिवन पुनले समान दुई विकेट लिए पनि प्रदेश–१ लाई सस्तैमा समेट्न सकेनन् । स्कोरकार्ड 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy