पहिलो पटक पहिलो चरणबाट बाहिरिएपछि शरदले भने “व्यवस्थापनमा प्रोफेसनालिजम देखीएन, कन्ट्रयाक्ट समेत गराइएन”

( फिचर फोटो – फाइल , पोखरा पल्टन फेसबुक ) 

दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल) अन्तर्गत सोमबारको खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टन एक्सपर्ट धनगढीसँग ५ विकेटले पराजित भयो । यस पराजयसँगै पोखरा लिग चरणमै सिमित बन्न बाध्य बन्यो र उपाधि होडबाट समेत बाहिरियो।

उपाधि होडबाट बाहिरिएसँगै निराश बनेका शरदले प्रतिक्रीया दिने क्रममा व्यवस्थापनका कमजोरीको पाटो बाहिर ल्याएका छन्। खेल पश्चात् कप्तान भेसावकरले भने,‘टिम व्यवस्थापनमा प्रोफेसनालिजम देखिएन, जसले खेलमा समेत प्रभाव पार्यो।’

५ खेलमा ४ मा हार र १ मा जित हात पारेको पोखरा अङ्क तालिकाको पुछारमा सिमित बन्यो । पोखराका लागि न त ब्याटिङ पक्ष नै र मजबुत देखियो न त बलिङ र फिल्डिङ नै। पोखराका लागि विदेशी खेलाडी रविइन्दर सिंह, सर्वजित लड्डा र प्रथामेश डाकेको प्रदर्शन पनि उल्लेख्य रहन सकेन। प्रथमेश डाकेले ५ खेलमा २५ रन बनाए भने ३ विकेट लिए । यस्तै सर्वजित लड्डाले ५ खेलमै ६ विकेट लिँदै ८ रन जोड्न सके। रविइन्दर सिंहले ५ खेलमा ९३ रन बनाए। उनले दुई महत्वपूर्ण खेलमा खाता खोल्न सकेनन्। यसर्थ पोखराका विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको मान्न सकिँदैन। कप्तान शरद भेसावकरले आफुहरुले खोजेको विदेशी खेलाडी अन्तिममा नाम निकालिएको र खोजे जस्तो राम्रो विदेशी खेलाडी पाउन नसकेको बताए।

भेसावकरले भने,‘हामीले खोजेको विदेशी खेलाडी लास्ट मिनेटमा पुल आउट भए, त्यसैले राम्रो खेलाडी पाउन सकेनौँ ।’ उनले टिम व्यवस्थापनमा प्रोफेशनालिजम नदेखिएको समेत बताए । टिम व्यवस्थापकले आफुहरुसँग खेल अघि छलफल नगरेको र कन्ट्रयाक्ट समेत नगरेको खुलाए –

‘व्यवस्थापकले प्रोफेशनालिजम देखाएन, हामीसँग प्रतियोगिता अघि छलफल पनि गरेन। च्याम्पियन टिम भइकन त्यो चित्त बुझ्दो कुरा थिएन ’ कप्तान भेसावकरले भने,‘खेलाडीको रिक्रुट गर्ने प्रक्रिया केहि पनि भएन यो पटक , कन्ट्रयाक्ट समेत गराइएन।’

“खेलाडीलाई सुरक्षित बनाउनेनै यस्तो प्रतियोगितहरुले हो। जे कमीकमजोरी भएको छ सबै मिलेर यसलाई अगाडी सुधार्ने कोसिस गर्नुपर्छ।”

उनले हारको कारण केबल कमजोर टिम व्यवस्थापन मात्र नभएको बताए । भेष्वाकारले भने,‘त्यसलाई मात्र हारको कारण भन्न मिल्दैन, राष्ट्रिय टिममा पहिला हामीले क्यान राम्रो भएन भन्याजस्तै हो ।’

प्रतियोगिता अन्तर्गत पोखराले लिग चरणको ५ खेलमा ४ खेलमा पराजय बेहोर्यो

‘टिम व्यवस्थापनमा कमजोरी गरेनौँ’–व्यवस्थापक कार्की

यता पोखरा पल्टनका टिम म्यानेजर सुमन कार्कीले भने शरद भेसावकरले भनेजस्तो कमजोरी आफुहरुबाट नभएको बताउँछन्। कार्की खेलाडीहरुलाई सबै सुविधा दिएको बताउँछन्। ‘शरदजीले भने जस्तो समस्या छैनन्, खेलाडीलाई समस्यामा पारेका थिएनौं।’ उनले आफुहरु खेलाडीले राम्रो खेल्न नसक्दा पराजित बन्न पुगेको समेत बताए।

उनले विदेशी खेलाडीको छनौटको विषय व्यवस्थापकको जिम्मामा नआउने बताउँछन् । उनले विदेशी खेलाडी ल्याउन कोच र क्याप्टेनले छलफल गरेर टिम मालिकसँग कुरा गर्ने र यो विषय व्यवस्थापकसँग नजोडिने बताए । कार्कीले अरु टिमले पनि कन्ट्रयाक्ट गरेको आफुलाई थाहा नभएको बताए। उनले आफुहरुले कन्ट्रयाक्ट गर्ने बारे टिमले छलफल पनि गरेको बताए।

सिक्ने मौका हो, आगामी प्रतियोगिता जित्ने गरी आउछौ–भेसावकर

धनगढी बिरुद्ध आफ्नो टिमले नेट रनरेट बढाउनको लागि खेलेको र पहिले ब्याटिंग गर्दै २ सयको योगफल कम्तिमा बनाउने सोचको साथ खेलेको बताए।

“आजको खेल स्पस्ट थियो। रन रेटमा तल हुँदा ब्याटिंग पहिला गरेर २ सय बनाउने सोचको साथ गएका थियौं तर विकेट लगातार गुम्यो र थोरैमै समेटिन पुग्यौं”

घरेलु लिगहरुमा पहिलो पटक भेसावकरको टोली फाइनल यात्रा तय गर्न असक्षम भएको छ । भेसावकरले आफुहरु राम्रो खेल्न नसक्दा पराजित भएको र यो आफुलाई सिक्ने मौका भएको बताए । ‘बलिङ, व्याटिङ नचल्दा पराजित भयौँ, डिफेन्डिङ च्याम्पिएन भएको प्रेसर थिएन । ’भेष्वाकारले भने,‘यो हार मेरो लागि नयाँ सिक्ने कुरा हो, सिकेर आफुलाई अझ मजबुत गराउने छु ।’ भेसावकरले आगामी सिजन अझ मजबुत टोली बनाएर प्रतियोगिता जित्ने गरी आउने बताए।





थप समाचार

प्रधानमन्त्री कप : सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : एपिएफकाे लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ। धनगढीस्थित […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । यू–१९ महिला विश्‍वकपको दोस्रो अभ्यास खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ। मलेसियाको क्‍वालालाम्पुरस्थित रोयल सेलङ्गर मैदानमा बुधबार भएको […]

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]