शक्ति गौचनलाई शरदको तारिफै तारिफ

  • विकेटनेपाल, भदौ १५

१ दशक भन्दा बढी रास्ट्रिय क्रिकेट टिमको ड्रेसिंग रुममा संगै बिताएका शरद भेसावकरले आफ्नो फेसबुकमा बुधबार सिनियर क्रिकेटर शक्ति गौचनको तारिफै तारिफ गरेका छन् l

व्यक्तिगत भ्रमणको क्रममा शक्ति गौचनको गृहनगर रुपन्देही पुगेका शरदले फेसबुकमा गौचनको तारिफमा निकै शब्द खर्चिएका छन् –

“शक्ति गौचन उनलाई कसरि सम्बोधन गरौं, हिरो, प्रेरणा, लेजेण्ड, इतिहास निर्माता, प्रतिबद्ध, मेहनती र अनुशासित … ”

सन् २००४ मा रास्ट्रिय क्रिकेट टिमको लागि डेब्यु गरेका शरद भन्दा २ बर्ष अघि देखि रास्ट्रिय क्रिकेट टिमको लागि खेल्न थालेका स्पिन लेजेन्ड गौचनको तारिफ माथिको पंतिले सुरुवात गरेका भेसावकर त्यतिमै सिमित भएनन्-

“मेरो लागि वहाँ ( शक्ति ) प्यारो दाई र नेपालमा इमान्दारिता र लगावको एउटा उदाहरण हो”

गौचनलाई भेट्न उनको घरमै पुगेका भेसावकरले उनलाई भेट्दा भाग्यमानी महसुस गरेको लेखेका छन् l

 

नेपाली टिमका मुख्य स्पिनर गौचन पायल्सको कारण रास्ट्रिय टिमको बन्दसत्रबाट आफ्नो नाम फिर्ता लिंदै घरमै आराम गरिरहेका छन् l भेसावकरले गौचनको स्वास्थ्यबारे पनि लेख्दै यसो भनेका छन्-

“अस्वस्थताका बाबजुत पनि वहाँसंग फुर्सद छैन l  लगनशीलताका साथ केटाकेटिहरुलाई आफ्नो एकेडमी ( स्टार क्रिकेट एकेडेमी ) मा प्रशिक्षण दिईरहेका छन् l”

“सलाम छ दाई… भगवानले आशिर्वाद प्रदान गरुन् र प्रार्थना गर्छु सिघ्र स्वास्थ्य लाभको भगवानले तपाईलाई धेरै शक्ति दिऊन्”

गौचन र उनको छोरिसंग खिचिएको तस्बिर समेत पोस्ट गरेका भेसावकरको फेसबुक स्ट्याटसले शरदले सिनियर क्रिकेटरलाई देखाएको सम्मान प्रस्ट देखिन्छ l

आफ्नो लगनशीलता, कडा परिश्रम, बिश्वास र इमान्दारिताको कारण सफलताको शिखरमा रहेका शक्ति गौचन नेपालकै सम्मानित र सफल मध्येका क्रिकेटर हुन् l सन् २००२ देखिनै पायल्सले पिरोलिएका गौचन यो पटक रास्ट्रिय क्रिकेट टिमसंग हंगकंग टुरमा देखिने छैनन् l

भैरहवाको, पडसरी-१ बसोबास गर्ने गौचन स्टार क्रिकेट एकेडेमी संचालन गरिरहेका छन् l





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]