शरद भेसावकर र एसएस क्रिकेटको प्रायोजन सम्झौता नवीकरण

  • विकेटनेपाल, असार ५ – मंगलबार

नेपाली क्रिकेट टिमका नियमित सदस्य शरद भेसावकर र भारतीय क्रिकेट सामग्री कम्पनी एसएस क्रिकेट बिचको प्रायोजन सम्झौता थपिएको छ। प्रायोजन २ बर्षको लागि थप्ने सम्झौता गरिएको छ।

क्रिकेटर भेसावकरका अनुसार अहिले कम्पनि र आफुबीच थप २ बर्षको लागि सम्पूर्ण खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको बताएका छन्। उनले यो कुराको जानकारी सामाजिक संजालबाट दिएका हुन्।

सन् २०१४ को टि२० विश्वकपमा उत्कृस्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाललाई चिनाउन हरदम प्रयास गरेपछि उक्त कम्पनिले खेलाडीको लागि चाहिने ब्याट, बल, प्याड, ग्लभ्स लगायतका क्रिकेट सामग्री प्रदान गर्नेगरि ४ जना नेपाली खेलाडीसँग ३ बर्षका लागि सम्झौता गरेको थियो।

सम्झौता गरिएका ४ खेलाडीहरु सुबास खकुरेल र सागर पुनको बारेमा जानकारी प्राप्त नभएपनि ज्ञानेन्द्र मल्ललाई अर्को कम्पनिले धेरै मुल्यमा प्रायोजन गरेको छ भने शरद भेसावकरलाई एसएस क्रिकेटलेनै सन् २०२० सम्मको लागि प्रयोजन गर्ने सम्झौता गरेका छन्।

Sharad Vesawkar

एसएस ब्याट विश्व क्रिकेटका चर्चित सचिन तेन्दुलकर, युवराज सिंह, थिसारा पारेरा, कुमारा संगाकरा जस्ता खेलाडीहरुले प्रयोग गरेका थिए भने विविएस लक्ष्मणले आफ्नो करियरको सर्बाधिक टेस्ट स्कोर २८१ रन र विरेन्द्र सेहवागले पाकिस्तानको मुल्तानमा ३०९ रनको पारि खेल्दा यहि एसएस किट प्रयोग गरेका थिए।

केहि समय अघि बाबु बनेका शरद भेसावकर श्रीमती तथा फिल्मकर्मी निशा अधिकारिसँगै अमेरिकामा रहेका छन्।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]