शरद भेसावकर र एसएस क्रिकेटको प्रायोजन सम्झौता नवीकरण

  • विकेटनेपाल, असार ५ – मंगलबार

नेपाली क्रिकेट टिमका नियमित सदस्य शरद भेसावकर र भारतीय क्रिकेट सामग्री कम्पनी एसएस क्रिकेट बिचको प्रायोजन सम्झौता थपिएको छ। प्रायोजन २ बर्षको लागि थप्ने सम्झौता गरिएको छ।

क्रिकेटर भेसावकरका अनुसार अहिले कम्पनि र आफुबीच थप २ बर्षको लागि सम्पूर्ण खेल सामग्री प्रायोजन गर्ने सम्झौता भएको बताएका छन्। उनले यो कुराको जानकारी सामाजिक संजालबाट दिएका हुन्।

सन् २०१४ को टि२० विश्वकपमा उत्कृस्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाललाई चिनाउन हरदम प्रयास गरेपछि उक्त कम्पनिले खेलाडीको लागि चाहिने ब्याट, बल, प्याड, ग्लभ्स लगायतका क्रिकेट सामग्री प्रदान गर्नेगरि ४ जना नेपाली खेलाडीसँग ३ बर्षका लागि सम्झौता गरेको थियो।

सम्झौता गरिएका ४ खेलाडीहरु सुबास खकुरेल र सागर पुनको बारेमा जानकारी प्राप्त नभएपनि ज्ञानेन्द्र मल्ललाई अर्को कम्पनिले धेरै मुल्यमा प्रायोजन गरेको छ भने शरद भेसावकरलाई एसएस क्रिकेटलेनै सन् २०२० सम्मको लागि प्रयोजन गर्ने सम्झौता गरेका छन्।

Sharad Vesawkar

एसएस ब्याट विश्व क्रिकेटका चर्चित सचिन तेन्दुलकर, युवराज सिंह, थिसारा पारेरा, कुमारा संगाकरा जस्ता खेलाडीहरुले प्रयोग गरेका थिए भने विविएस लक्ष्मणले आफ्नो करियरको सर्बाधिक टेस्ट स्कोर २८१ रन र विरेन्द्र सेहवागले पाकिस्तानको मुल्तानमा ३०९ रनको पारि खेल्दा यहि एसएस किट प्रयोग गरेका थिए।

केहि समय अघि बाबु बनेका शरद भेसावकर श्रीमती तथा फिल्मकर्मी निशा अधिकारिसँगै अमेरिकामा रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy