शरद र निशाको आज बिबाह, फोटोहरुमा हेर्नुस प्रेम सम्बन्ध

  • विकेटनेपाल, १६ असार

लामो समयको प्रेम सम्बन्धलाई क्रिकेटर शरद भेसावकर र अभिनेत्री निशा अधिकारीले आज बिबाहमा परिणत गर्दैछन् l

क्रिकेटर र नायिका निशा अधिकारी बीच जोडिन लागेको बैबाहिक सम्बन्ध क्रिकेटर र नायिका बीच हुनलागेको नेपालमै पहिलो पटक हो l भारतमा चलचित्र र फिल्म जगतको जोडी सामान्य मानिए पनि नेपालमा पहिलो पटक बाँधिन लागेको जोडीले नेपाली क्रिकेट र नेपाली फिल्म जगतको सम्बन्धमा नयाँ थालनी गरेको छ l

भारतमा बिराट कोहली र अनुस्का शर्माको जोडीले बारम्बार तहल्का मचाउने गर्छ त्यस्तै शरद-निशाको जोडीले पनि लामो समय चर्चा पायो l

सोसल मिडियामा आफ्नो प्रेम अभिव्यक्त गर्न पछि नपर्ने साहसी जोडीको ब्रेक अप भएको हल्ला चलेको थियो जसलाई गलत प्रमाणित गर्दै दुवैले लगनगाँठो कस्ने निधो गरेका छन् l

निशा र शरदको प्रेम २०१३ मा नेपाली क्रिकेट टिमले टि-२० बिश्वकप छनौट हुँदा देखि बाहिरीएको थियो l नेपाली टिम बिश्वकप छनौट भएर युएईबाट फर्किदा बिमानस्थलमा स्वागत गर्न निशा पुगेको थिईन् l त्यसपछि निशा र शरद फिल्म हलमा, क्रिकेट मैदानमा, फुटबल हेर्न, ध्यान स्थलमा समेत संगै देखिंदा दुवैको प्रेमको चर्चा चुलिएको थियो l

शरद र निशा दशरथ रंगशालामा फुटबल हेर्नेक्रममा

निशा नेपाली क्रिकेट टिमले प्रतियोगिता खेल्दा वा शरदको टिमले प्रतियोगितामा सहभागिता जनाउदा फेसबुकमा शरदले गिफ्ट दिएको नेपाली टिमको जर्सी लगाएको फोटो पोस्ट गर्दै बारम्बार समर्थन गर्ने गर्थिन् l

सन् २०१४ सेप्टेम्बरमा निशाले फेसबुकमा शरदसंगको फोटो पोस्ट गर्दै आफ्नो प्रेमको खुलासा गरिकी थिईन् l

आफ्नो प्रेमको खुलासा निशाले फेसबुक मार्फत गरेकी थिईन्

सगरमाथा आरोहण गरिसकेकी निशा अधिकारी साहसिक कार्य गर्ने निडर अभिनेत्रीको रुपमा चिनिने गर्छिन् l कहिले खुइलिएको कपाल, कहिले सुनगाभा जस्तो फरक धारको चलचित्र खेल्ने निशा जीवनमा प्रयोग रुचाउने गर्छिन् l

सन्नी लियोनसंग शरद र निशा एक कार्यक्रममा

अर्को तर्फ शरद पनि साहसिक काम गर्न मन पराउछन् l टि-२० बिश्वकपमा नेपाललाई छनौट गराउदा उनले हंगकंग र केन्यासंग खेलेको साहसिक इनिंग नेपाली क्रिकेट प्रेमीहरुले सधैं याद गर्नेगर्छन् l निशा जस्तै आफ्नो भावना अभिव्यक्त गर्न नडराउने शरदको स्वाभाव नेपाली टिममा र क्रिकेट जगतमा परिचित छ l

शरद भेसावकरको दाईको बिबाहमा सहभागी हुन निशा शरदसंग मुम्बई पुगेकि थिईन l सो क्रममा शरद र निशा शरदको दाईसंग l

शरद र निशा दुवै अध्यात्मिक छन् र दुवै नियमित ध्यान गर्ने गर्छन् l दुवै जनाले बिपस्यना ध्यान गरिसकेका छन् भने केहि अघि मात्रै ओशो तपोवनमा समेत एक कार्यक्रममा संगै देखिएका थिए l

ओशो तपोवनमा एक कार्यक्रममा शरद र निशा
बिबाहको अघिल्लो दिन निशा अधिकारिसंग मिस नेपाल मल्बिका सुब्बा र अभिनेत्री रिमा विश्वकर्मा
बिबाहको अघिल्लो दिन मेहन्दी कार्यक्रममा शरद पनि पुगेका थिए

नेपाली फिल्म क्षेत्रको सुन्दरी नायिका तथा नेपाली क्रिकेटका ह्यान्डसम क्रीकेटर शरद भेसावकर बीचको बिबाहले सबैलाई उत्साहित बनाईरहेको छ l

विकेटनेपालको तर्फबाट पनि शरद र निशालाई दाम्पत्य जीवनको सुभकामना ब्यक्त गर्न चाहन्छौं l

यो पनि पढ्नुस :- 





थप समाचार

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]

क्याम प्रिमियर लिग : जफर अन्सारीको अलराउन्ड प्रदर्शन

काठमाडौं, वैशाख १२– जफर अन्सारीको अलराउन्ड प्रदर्शन प्रेरित अमदब्लाम क्रिकेट क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेटमा […]

वैशाख १३ देखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट

काठमाडौं, वैशाख १०– पब्लिक युथ क्याम्पसको आयोजनामा वैशाखको दोस्रो सातादेखि पिवाइसी बिबिए कप ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । […]