पहिलो खेल अघि नेपाललाई झट्का ! शरद खेल्ने अनिश्चित

sharad vesawkar
  • विकेटनेपाल, असोज २६ 

आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हंगकंगसंगको खेल अघि नेपाली टिमलाई ठुलो झट्का ! लागेको छ।

नेपाली टिमका भरपर्दा ब्याट्सम्यान शरद भेसावकर ज्वरोले थालिएपछि हंगकंगसंगको पहिलो खेल गुमाउने निश्चित जस्तो भएको छ भने दोश्रो खेल पनि गुमाउन सक्ने सम्भावना रहेको छ।

शरदलाई १०१ डिग्रीको ज्वरो आएको छ जसकारण उनि बिहिबार टिमसंग अभ्यासमा पनि जान सकेनन। हंगकंग उड्नु अघि पनि अस्वस्थ रहेका शरदलाई हंगकंग पुगेपछि झनै च्यापेको हो। हंगकंग उड्नु अघि उनलाई रुघाले च्यापेको थियो ।

नेपालले अक्टोबर १३ र १५ तारिकमा हंगकंगसंग २ खेल खेल्नेछ। दुवै खेलमा जितले मात्रै नेपालको २०१९ बिश्वकप छनौट प्रतियोगितामा छनौट हुने सम्भावना जीवित रहन्छ । हंगकंगपछि नेपालले युएईसंग २ खेल खेल्न बाँकी रहेको छ ।

शरद नखेले नेपालको हंगकंगसंग खेल्ने अन्तिम ११ टिममा आरिफ शेखले स्थान बनाउने पक्का जस्तै हुनेछ।

भारत भ्रमणमा हंगकंगसंगको खेलको तयारीको क्रममा शरद उत्कृस्ट लयमा रहेका थिए र तमिलनाडु ‘ए’ टिमसंग शतकीय योगदान समेत दिएका थिए ।

बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा शरदले हालसम्म १० खेलमा ४५.८५ को औषतमा ३२१ रन बनाईसकेका छन् । यो क्रममा शरदले ३ अर्धशतक प्रहार गरिसकेका छन् । पारस खड्का ( ३५२ ) पछि शरद नेपालको लागि च्याम्पियनसिपमा धेरै रन बनाउने खेलाडी हुन् ।

हंगकंगसंग शरदले तेश्रो नम्बरमा ब्याटिंग गर्ने सम्भावना रहेको थियो । नेपालको ओपनिंग ब्याटिंग ज्ञानेन्द्र मल्ल र सागर पुनले गर्नेछन्। शरद पछि तेश्रो नम्बरमा ब्याटिंग गर्न को आउने भन्ने प्रश्न पनि उठेको छ।

यस अघि शक्ति गौचन पायल्सको कारण नेपाली टिमको अभ्यासमै सामेल भएका थिएनन् भने विकेटकिपर ब्याट्सम्यान दिलिप नाथ पनि ढाडको समस्याको कारण बन्दसत्रबाट बाहिरिएका थिए ।

नेपालले हंगकंगसंग मिसनरोड मैदानमा शुक्रबार पहिलो खेल खेल्ने छ।

नेपाली टिम :- 

  • पारस खड्का  ( कप्तान ) , ज्ञानेन्द्र मल्ल  ( उपकप्तान ),  शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, सुशील कँडेल, ललित भण्डारी, सुशन भारी, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने

( नोट – समाचार कान्तिपुरको सहयोगमा तयार पारिएको हो )

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy