शरदको त्यो कीर्तिमान कस्ले तोड्ला…

काठमाडौं । कुनै बिषयमा कीर्तिमान तोडिनकै लागि बन्छ । तर, केही कीर्तिमान यस्ता हुन्छन् जुन तोडिनलाई धेरै समय लाग्दछन् । त्यो मध्येको एक दश वर्ष अघि टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउँनेको कीर्तिमान शरद भेषवाकरको नाममा रहेको थियो । त्यो कीर्तिमान विगतको दश वर्ष देखी जस्ताको तस्तै छ । कारण नेपालले यसबीचमा कुनै टी-२० विश्वकप खेल्न सकेन ।

दश वर्षपछि नेपालले आगामी महिना अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा सहभागीता जनाउँदै गर्दा शरदको कीर्तिमान तोडिने अनुमान रहेको छ । शरदले २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपका ३ खेलमा १ सय ८ दशमलब ३३ को स्ट्राइक रेटमा ९१ रन बनाएका थिए ।

शरदले हङकङसँग भएको विश्वकप डेब्यु खेलमा ९ बलमा २ चौकाको सहयोगमा १४ रन बनाएका थिए । यस खेलमा शरद रन आउट हुदै पेभिलियन फर्किएका थिए । घरेलु टोली बंगलादेशविरुद्धको दोस्रो खेलमा शरदले ४३ बलमा ५ चौकाको सहयोगमा ४० रन बनाउँदा यस खेलमा पनि उनी रन आउट भएका थिए ।

तेस्रो तथा हालसम्मको विश्वकपमा नेपालले खेलेको अन्तिम खेलमा अफगानिस्तानविरुद्ध उनले ३७ रन बनाएका थिए । शरदले ३७ रन बनाउँदा ३२ बलको सामना गर्दै ५ चौका प्रहार गरेका थिए । यस विश्वकपमा शरदले ८४ बलको सामनामा गर्दै ३० दशमलब ३३ को औसतमा ९१ रन बनाएका थिए ।

विश्वकपमा नेपाल

दश वर्ष पछि विश्वकप खेल्दै गरेको नेपाल २० राष्ट्र सहभागी प्रतियोगिताको समूह डी मा रहेको छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट :हिमालय र बिएमसीए विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र बिएमसीए विजयी भएका छन्। मुलपानी मैदानमा जारि […]

एनकासा इन्टर फर्म क्रिकेट : सुब्र , केबिएसआर, अनिश र एपीए विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न चारवटा खेलहरु सम्पन्न भएका छन्। ललितपुर स्थित पुल्चोक […]

डीएभीलाई अन्तर-स्कुल टि-२० क्रिकेटको उपाधि

काठमाडौँ, डिएभि सुशील केडिया विश्व भारतीय स्कुलले १६ औं सीओएएस अन्तर-स्कुल रनिंग टि-२० क्रिकेट प्रतियोगिता २०८१ को उपाधि जितेको छ। […]

इन्टर-फर्म क्रिकेट : एसएचए र केएएसए युपीबि युथ्स विजयी

१२ औं संस्करणको एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ। ललितपुर स्थित पुल्चोक इन्जिनियरिङ मैदानमा आइतबार […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : जनप्रेमी र हिमालयन विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा जनप्रेमी स्पोर्टस् क्लब र हिमालयन स्पोर्ट्स म्यानेजमेन्ट विजयी भएका छन्। मुलपानी […]

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]