दिल्लीलाई अर्को झट्का, इशान्त शर्मा पनि लिगबाट बाहिरिए

दिल्ली क्यापिटल्सका फास्ट बलर इशान्त शर्मा आईपीएल २०२० बाट बाहिरीएपछि दिल्लीलाई अर्को झट्का लागेको छ।

“दिल्ली क्यापिटल्सका फास्ट बलर इशान्त शर्माले ७ अक्टोबर २०२० को दिन अभ्यासमा बलिंग गर्ने क्रममा बायाँ करंगमा अत्याधिक दुखाइको अनुभव गरेका थिए। जांच पछि थाहा भएको छ कि उनको अन्तरिक मांसपेशी च्यातिएको छ। यस कारण दुर्भाग्यवस उनि आईपीएल २०२० बाट बाहिरिएका छन्। दिल्ली क्यापिटल्स इशान्तको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।” दिल्लीले बिज्ञप्ति जारि गर्दै बताएको छ।

इशान्त लिगबाट बाहिरिनु टिमको लागि अर्को ठूलो झट्का हो। यस अघि टिमका अर्का अनुभवी स्पिनर अमित मिश्रा पनि औंलाको चोटका कारण लिगबाट बाहिरिएका थिए।


लिगमा इशान्तले सनराइजर्स हैदरावाद बिरुद्ध इशान्तले एउटा खेल मात्र खेलेका थिए जुन खेलमा ३ ओभरमा २६ रन खर्चेर विकेटविहिन रहेका थिए। २००८ को सुरुवाती सिजन देखि लिग खेलीरहेका इशान्तले कुल ९० खेलमा ७१ विकेट लिएका छन्।

दिल्लीका विकेटकिपर ब्याट्सम्यान रिशभ पन्त पनि गत साता घाइते भएका थिए जसपछि मुम्बई बिरुद्ध आइतबारको खेल खेलेका थिएनन्। पन्तको स्थानमा एलेक्स केरीले मौका पाएका थिए। कप्तान श्रेयस ऐयरका अनुसार पन्त अझै १ साता खेल्न सक्नेछैनन्। यस्तै लिग अन्तर्गत यस अघि अफ स्पिनर रभीचन्द्रन आश्विन पनि पहिलो खेलमा घाइते भएपछि २ खेल गुमाएका थिए जसले पुनः कमब्याक गरिसकेका छन्।

यस अघि अमित मिश्रा पनि चोटका कारण बाहिरिएका थिए

इशान्तको अनुपस्थितिमा दिल्लीले अर्का भारतीय दायाँ हाते फास्ट बलर हर्षल पटेललाई मौका दिईरहेको छ। इशान्त र मिश्राको स्थानमा दिल्लीले प्रतिस्थापन गर्ने खेलाडीको नाम घोषणा गरेको छैन।

घाइते भएर लिग गुमाउने इशान्त पाँचौ खेलाडी हुन्। यस अघि दिल्लीकै अमित मिश्रा, हैदरावादका खेलाडी शन मार्श र भुवनेश्वर कुमार तथा कोलकाताका खेलाडी अलि खान पनि लिगबाट बाहिरिएका छन्।

लिगमा उत्कृस्ट प्रदर्शन गरिरहेको दिल्ली ७ खेलमा ५ जित र २ हार पछि १० अंक बटुल्दै अंकतालिकामा दोश्रो स्थानमा रहेको छ। टिमले आगामी खेल बुधबार राजस्थान रोयल्स बिरुद्ध खेल्ने तालिका रहेको छ।

आइपिएलमा सट्टेबाजी खेलाउने ३ भारतीय सहित ७ जना पक्राउ

IPL : ताजा अंकतालिका, अरेन्ज र पर्पल क्यापमा को-को छन् अघि

सिद्धार्थ रङ्गशाला १० वर्षमा १० प्रतिशत काम

IPL : हैदरावादसंग खेलपछि तेवतियाले कसलाई ठड्याए औंला, जान्नुस विवादको कारण

छक्का हान्दै राजस्थानलाई जिताएपछि परागको रोचक नृत्य, खेलपछि बताए रहस्य





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]