आईसीसी अध्यक्षबाट मनोहरको राजीनामा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) का अध्यक्ष शशांक मनोहरले आफ्नो पदबाट राजिनामा दिएका छन्। मनोहर आफैले राजीनामा बुझाएका हुन्।

आईसीसीले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै मनोहरले राजीनामा दिएको र उनको स्थान तत्कालको लागि उपाध्यक्ष इमरान ख्वाजाले लिने बताएको छ। बिज्ञप्तिमा आईसीसीले मनोहरको दुइ वर्षे कार्यकालको प्रशंसा गरेको छ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत मनु सहनीले बताए – म आईसीसी बोर्डको तर्फबाट तमाम स्टाफ र पुरै क्रिकेट परिवारको तर्फबाट उनको नेतृत्व र अध्यक्षको रुपमा गरेको सबै कामको लागि शशांक मनोहरलाई धन्यवाद दिन चाहन्छु। उनको परिवार र सुखद भविष्यको लागि हाम्रो सुभकामना छ।”

मनोहर अध्यक्ष रहंदा भारतीय क्रिकेट बोर्ड भने खुसि थिएन। उनले भारतलाई आर्थिक रुपमा धेरै फाइदा हुने ‘बिग-३’ फर्मुला लागु हुन दिएका थिएनन्।

अब आगामी साता आईसीसीको नयाँ अध्यक्ष चयनको लागि निर्वाचन प्रक्रिया अघि बढ्ने बताईएको छ।

अब को होला आईसीसी अध्यक्ष 

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनि आईसीसी अध्यक्ष पदको लागि दौडमा रहेको बताईएको छ। मनि आईसीसीको आर्थिक कमिटिको अध्यक्ष पनि हुन्। यस्तै इंग्ल्याण्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेभ्स पनि ओ दौडमा अघि छन् जसलाई भारतियी क्रिकेट बोर्डको समर्थनको आशा रहेको छ। भारतीय क्रिकेट बोर्डको तर्फबाट अध्यक्ष सौरभ गांगुलीको नाम अघि आएको छ।

यो पनि पढ्नुस

राखेपद्वारा लामा र गिरी क्यान सदस्यमा सिफारिस

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]