आईसीसी अध्यक्षबाट मनोहरको राजीनामा

२०७७ असार १७, बुधबार १९:३१

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) का अध्यक्ष शशांक मनोहरले आफ्नो पदबाट राजिनामा दिएका छन्। मनोहर आफैले राजीनामा बुझाएका हुन्।

आईसीसीले बुधबार प्रेस बिज्ञप्ति जारि गर्दै मनोहरले राजीनामा दिएको र उनको स्थान तत्कालको लागि उपाध्यक्ष इमरान ख्वाजाले लिने बताएको छ। बिज्ञप्तिमा आईसीसीले मनोहरको दुइ वर्षे कार्यकालको प्रशंसा गरेको छ।

आईसीसीका प्रमुख कार्यकारी अधिकृत मनु सहनीले बताए – म आईसीसी बोर्डको तर्फबाट तमाम स्टाफ र पुरै क्रिकेट परिवारको तर्फबाट उनको नेतृत्व र अध्यक्षको रुपमा गरेको सबै कामको लागि शशांक मनोहरलाई धन्यवाद दिन चाहन्छु। उनको परिवार र सुखद भविष्यको लागि हाम्रो सुभकामना छ।”

मनोहर अध्यक्ष रहंदा भारतीय क्रिकेट बोर्ड भने खुसि थिएन। उनले भारतलाई आर्थिक रुपमा धेरै फाइदा हुने ‘बिग-३’ फर्मुला लागु हुन दिएका थिएनन्।

अब आगामी साता आईसीसीको नयाँ अध्यक्ष चयनको लागि निर्वाचन प्रक्रिया अघि बढ्ने बताईएको छ।

अब को होला आईसीसी अध्यक्ष 

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनि आईसीसी अध्यक्ष पदको लागि दौडमा रहेको बताईएको छ। मनि आईसीसीको आर्थिक कमिटिको अध्यक्ष पनि हुन्। यस्तै इंग्ल्याण्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेभ्स पनि ओ दौडमा अघि छन् जसलाई भारतियी क्रिकेट बोर्डको समर्थनको आशा रहेको छ। भारतीय क्रिकेट बोर्डको तर्फबाट अध्यक्ष सौरभ गांगुलीको नाम अघि आएको छ।

यो पनि पढ्नुस

राखेपद्वारा लामा र गिरी क्यान सदस्यमा सिफारिस

आरिफ शेखको ६ उत्कृस्ट ब्याटिंग प्रदर्शन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy