शशिकान्त – शकुन्तला टि-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा

  • फोटो फिचर : बिकाश श्रेष्ठ (देवदह क्रिकेट युनिट)
  • विकेटनेपाल – ६ चैत्र, मंगलवार

रुपन्देहीमा जारी जिल्ला स्तरीय शशिकान्त – शकुन्तला बर्मा मेमोरियल रुपन्देही टि-२० क्रिकेट प्रतियोगितामा मगलवारको खेलमा देवदह क्रिकेट युनिट र न्यू होराइजन क्रिकेट क्लबले जित दर्ता गरेका छन्। जितसंगै दुवै टोलि सेमिफाइनलमा प्रवेश गरेका छन्।

सिद्धार्थ रंगशालामा भएको दिनको पहिलो खेलमा देवदहले ज्ञानोदय क्रिकेट क्लब करहियालाई १४ रनले पराजित गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन बनाएको थियो। उसको इनिंगमा कुशल भूर्तेलले सर्वाधिक २८ तथा प्रकाश केसी र संदीप जोराले समान १३-१३ रन बनाएका थिए। बलिङमा ज्ञानोदयका कृष्ण पराजुलीले ३ तथा संगम थापाले २ विकेट चट्काएका थिए।

जवाफमा ११५ रनको सामान्य विजय लक्ष्यको पिछा गरेको ज्ञनोदयले १७.३ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो। उसको चेजमा संगम थापाले ३२ र निशान शर्माले २० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा म्यान अफद द म्याच समेत रहेका देवदहका विकास श्रेष्ठले ३ तथा सुरज दरई र अर्जुन रायमाझीले समान २-२ विकेट लिए ।

यस्तै दिनको दोस्रो खेलमा न्यू होराइजन क्रिकेट क्लबले साई ग्लोबल क्रिकेट क्लब भैरहवालाई ८ विकेटले पराजित गर्यो। जितका लागि पाएको ८३ रनको सामान्य लक्ष्य होराइजनले १७.२ ओभरमा दुई विकेटको क्षतिमा पुरा गर्न सफल भयो। उसको चेजमा नूरध्वज सेनले २८ तथा शक्ति गौचनले २६ रन बनाए। बलिङमा साई ग्लोबलका मोहम्मद हुेसेनले २ विकेट लिए।

Man Of The Match : Kushal Malla

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साइ ग्लोबले १९.२ ओभरमा सबै विकेट गुमाएर ८२ रन मात्रै बनाएको थियो। उसको इनिंगमा ओसुतोष पासवानले ४२ र अजय रसाइलीले १६ रन बनाएका थिए। उसलाई सस्तैमा समेट्न होराइजनका कुशल मल्लले ४ र अनिल खरेलले २ विकेट लिएका थिए। कुशल मल्ल खेलको म्यान अफ दि म्याच घोषित भए।

बुधबारहुने सेमिफाइनलका खेलहरुमा शंकरनगर क्रिकेट क्लब र देवदह क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र न्यू होराइजन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।  प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।





थप समाचार

देवको कप्तानीमा एसीसी अन्डर-१९ प्रिमियर कप खेल्ने नेपाली टिमको घोषणा

मलेसियामा अक्टोबर १२ तारिख देखि सुरु हुने एसीसी अन्डर-१९ प्रिमियर कप खेल्न नेपाल क्रिकेट संघले ( क्यान ) १४ सदस्यीय […]

प्रतिस्पर्धात्मक खेलका बाबजुद भारतसंग नेपाल पराजित

१९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । हारसँगै नेपाल पुरुष क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ […]

एसियन गेम्स क्वार्टरफाइनलमा नेपाल र भारत खेल्ने

चिनको हांगझाउमा जारि एसियन गेम्सको पुरुष क्रिकेट अन्तर्गत क्वार्टरफाइनलमा नेपालले भारतसंग प्रतिस्पर्धा गर्ने भएको छ। सोमबार बिहान गोलाप्रथाबाट नेपालको प्रतिस्पर्धी […]

अविनाशले कीर्तिमानी स्पेल दर्ता गर्दा नेपाल एसियन गेम्सको क्वार्टरफाइनलमा

माल्दिभ्सलाई १३८ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल चिनमा जारि एसियन गेम्स पुरुष क्रिकेटको क्वार्टरफाइनल प्रवेश गरेको छ। समुह ‘ए’ […]

एसियन गेम्स : नेपालको दोश्रो खेल माल्दिभ्ससंग

चिनको हांगझाउमा जारि एसियन गेम्स अन्तर्गत समुह चरणको खेल अन्तर्गत नेपालले आफ्नो दोश्रो खेलमा भोलि माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल आइतबार […]

‘केपी ओली कप राष्ट्रिय टि-ट्वान्टी’ मंसिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने […]