शशिकान्त शकुन्तला टि–२० क्रिकेट सुरु, एपेक्स तिरुपति र शंकरनगरको विजयी सुरुवात

  • विकेटनेपाल, चैत्र १ – बिहिबार

भैरहवामा बिहीबारबाट जिल्लास्तरी शशिकान्त–शकुन्तला मेमोरियल रुपन्देही टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा उद्घाटन सत्रमा भएका दुई खेल एपेक्स तिरुपति क्रिकेट क्लब भैरहवा र शंकरनगर क्रिकेट क्लब शंकरनगर विजयी भएका छन् ।

स्थानीय सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा एपेक्स तिरुपतिले आइसिएफसी प्रोफेशनल मास्टर्श ११ लाई ५ विकेटले पराजित ग¥यो । मास्टर्श ११ द्वारा जितका लागि दिइएको ८२ रनको लक्ष्यलाई तिरुपतिले १३ ओभर ५ बलमा ५ विकेटको नोक्सानीमा पुरा ग¥यो । तिरुपतिका लागी राहुल लोहारले सर्बाधिक २५ रन बनाए भने कृष्ण सेनले २१ रन तथा महेश मिश्राले ११ रनको योगदान दिए । मास्टर्श ११ का युगल थापाले २ तथा बले ठकुरी, सागर खड्का र शैलेश श्रीबास्तबले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको मास्टर्श ११ ले ९ विकेट गुमाउँदै ८१ रनको योगफल तयार गरेको थियो । मास्टर्श ११ का लागि आदित्य त्रिपाठीले २३ रन बनाए भने बिनायक शर्माले १७ र धन बहादुर गुरुङले १६ रन बनाए । बलिङमा तिरुपतिका मैनुद्धिन खान, आयुश पाण्डे, महेश मिश्रा र कृष्ण सेनले समान २/२ विकेट लिए । खेलमा तिरुपतिका मैनुद्धिन अहमद म्यान अद म्याच घोषित भए ।

दोस्रो खेलमा शंकरनगरले बुद्ध क्रिकेट क्लब भैरहवालाई ५८ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको शंकरनगरले ७ विकेटको क्षतिमा १ सय ७४ रनको योगफल तयार गरेको थियो । उसका लागि ईश्वर गुरुङले नटआउट ४८, अजय कौशिल्याले ४६, संदीप सुनारले ३५ तथा तुलबहादुर थापाले २० रन बनाए । बलिङमा बुद्धका प्रवेज आलमले ३ र रुपेश कुर्मीले २ विकेट लिए ।

प्रउित्तरमा बुद्धले ६ विकेटको क्षतिमा जम्मा १ सय १६ रन मात्रै बनायो । उसका लागि रिजन प्रजूले ३१, भोला यादवले नटआउट २३ र रुपेश कुर्मीले २२ रन बनाए । बलिङमा शंकरनगरका सुदन श्रेष्ठले ४ तथा सुनिल पौडेल र संदीप सुनारले १/१ विकेट लिए । खेलमा ईश्वर गुरुङ म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार पहिलो खेल बुम एमसिसी क्रिकेट क्लब भैरहवा र ज्ञानोदय क्रिकेट क्लब करहियाबीच हुनेछ भने दोस्रो खेल शिवशक्ति क्रिकेट क्लब भैरहवा र बुद्ध क्रिकेट क्लब भैरहवाबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा बिजयी टिमले ५० हजार रुपैयाँ र उपबिजेताले २५ हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै गरी म्यान अफ दि सिरिज ले १० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् । जिल्लाका ‘ए’ डिभिजनका १२ टिम सहभागि रहेको प्रतियोगिता चैत ८ गतेसम्म चल्ने छ ।





थप समाचार

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]

छैठौं पटक अस्ट्रेलियालाई विश्वकप उपाधि

अस्ट्रेलियाले छैठौं पटक पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताको अघिल्लो सबै १० खेल जित्दै अपराजित रहेको घरेलु टोलि […]

महिला टी-२० सिरिज : नेपालद्धारा जापान ४५ रनले पराजित

चार देश सम्मिलित महिला टि-२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपाल जापानलाई ४५ रनले […]