शेख दाजुभाइलाई वीरगञ्ज महानगरको सम्मान, १७ गते नागरिक अभिनन्दन गर्ने

आइसिसी क्रिकेट विश्वकप लिग टू मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।

नेपाल विश्वकप क्वालिफायरमा छनौट भएपछि पहिलो पटक गृहनगर वीरगञ्ज आएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आरिफ शेख र आसिफ शेखलाई महानगरले सम्मान गरेको हो । उनीहरू दाजुभाइ हुन् ।

महानगरपालिकाको कार्यालयमा मेयर राजेशमान सिंहले उनीहरूलाई दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका थिए । त्यस अवसरमा आरिफ र आसिफका बुबा शेख सलाम र स्थानीय प्रशिक्षक जाहुर अन्सारीलाई पनि सम्मान गरिएको छ ।

मेयर सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका निर्वाह गरेकोमा उनीहरूको प्रशंसा गर्दै चैत १७ गते नागरिक अभिनन्दन गर्ने घोषणा गरे । सोही दिन महानगरले यसअघि घोषणा गरेको पुरस्कार मोटरसाइकल पनि प्रदान गर्ने उनको भनाइ छ ।

महानगरको सम्मानले आफूहरूलाई अझ हौसला थपिदिएको प्रतिक्रिया शेख दाजु भाइले दिएका छन् ।





थप समाचार

नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड वुल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल ए ले जितका लागि २ सय २३ रनको लक्ष्य […]

एसएस एभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

काठमाडौं । एसएस एभेन्ट्स प्राली र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको […]

कमलले लिए दोस्रो बलमा विकेट

काठमाडौं । नेपाल ए का तीव्र गतिका बलर कमलसिंह ऐरीले ईनिङको दोस्रो बलमा नै विकेट लिएका छन् । कमलले कप्तान […]

नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको पहिलो खेल आज

काठमाडौं । नेपाल ए र आयरल्यान्ड वल्भ्सबीचको टी-ट्वान्टी सिरिजको पहिलो खेल आज (शुक्रबार) हुदैछ। यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका […]

दिल्लीलाई हराउँदै राजस्थानको लगातार दोस्रो जित

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई पराजित गरेको छ । घरेलु […]

परागको अर्धशतकमा दिल्लीले पायो १८६ रनको लक्ष्य

काठमाडौं । १७ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आइपीएल) को नवौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापियल्सलाई १ सय ८६ रनको लक्ष्य […]