आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको छ। उत्कर्ष नेपालद्वारा आयोजित उक्त कार्यक्रममा नेपाली क्रिकेटका चर्चित खेलाडी आसिफ शेख प्रमुख अतिथिका रूपमा उपस्थित रहे।

कार्यक्रमको अध्यक्षता उत्कर्ष नेपालका अध्यक्ष रोबिन साहले गरेका थिए भने विशेष अतिथिका रूपमा नेपाल क्रिकेट स्कूलका संस्थापक सुनील थापा थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विकाश पूर्बेले गरेका थिए भने रचनात्मक निर्देशक सुहयेग फुयाल को विशेष भूमिका रहेको थियो।

कार्यक्रममा बोल्दै आसिफ शेखले नेपाली क्रिकेटको हालको अवस्था र भविष्यबारे विस्तृत चर्चा गरे। उनले हालै सम्पन्न नेपाल प्रिमियर लिग एनपीएले क्रिकेटको उचाइ बढाएको बताउँदै आगामी पाँच वर्षभित्र नेपालले एकदिवसीय र टेस्ट क्रिकेट खेल्ने सम्भावना रहेको धारणा राखे।

“खेल मार्फत नेपाललाई विश्वसामु चिनाउनु पर्छ। यो सपना पूरा गर्न खेलाडीहरूलाई अझ जिम्मेवार बन्नु आवश्यक छ। साथै, क्रिकेट संघ क्यानमा युवा खेलाडीहरूको उचित व्यवस्थापन गरिएमा नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ,” उनले भने।

नेपाल क्रिकेटको पछिल्लो प्रगतिबारे उनले थप्दै भने, “नेपालले हालै टी२० विश्वकप २०२४ का लागि छनोट भएको छ, जुन ठूलो उपलब्धि हो। यदि यस्तै निरन्तरता रह्यो भने, नेपाल ठूला क्रिकेट राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुनेछ।”

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था उत्कर्ष नेपालका अध्यक्ष रोबिन साह ले स्वागत मन्तव्य राखेका थिए भने सचिव विकाश पूर्बे ले समापन मन्तव्य दिएका थिए। कार्यक्रम राजा लाउञ्ज क्लब, विश्वज्योति मल, जमल मा सम्पन्न भएको थियो।





थप समाचार

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]

आर्मीकाे अपराजित यात्रा कायम

काठमाडौं। त्रितराज दासको सानदार शतकसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राखेको छ। […]

आइजिपी कप : उपाधिका लागि लुम्बिनी र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने

काठमाडाैं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ उपाधिका लागि लुम्बिनी प्रहरी प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यलय भिड्ने […]