भारतसँगको हार पछी सोयब अख्तर भड्किए – ‘सरफराज दिमाग नभएको कप्तान’

इंग्ल्याण्डमा जारि १२ औं संस्करणको विश्वकप क्रिकेट अन्तर्गत आइतबार सम्पन्न खेलमा भारतसँग डिएलएस मेथडको आधारमा ८९ रनले पराजित भएपछी पाकिस्तानका पुर्व कप्तान सोहेब अख्तरले पाकिस्तान टिम र कप्तानको कडा आलोचना गरेका छन्।

अख्तरले खेलमा टस जितेर भारतलाई पहिले ब्याटिंग गर्न दिनुनै पाकिस्तानको हारको सुरुवात भएको दावी गर्दै कप्तान सरफराज एहमदलाई दिमाग नभएको कप्तान र टिम व्यवस्थापनलाई समेत कसरि खेल्ने अनविज्ञ रहेको बताएका हुन्-

“इतिहासलाई उठाएर हेर्दा पाकिस्तानले कहिले पनि लक्ष्य पछ्याउन सक्दैन र पनि यहि गल्ति दोहोर्याउन खोजिन्छ, किन?” उनले भने।

४३ बर्षीय अख्तरले सन् २०१७ मा इंग्ल्याण्डमा नै आयोजना भएको च्याम्पियन्स ट्रफी फाइनल स्मरण गर्दै त्यहाँको खेलबाट टिमले सिक्न नसकेको बताए-

“च्याम्पियन्स ट्रफीमा भारतले गरेको गल्ति पाकिस्तानले यहाँ गर्यो। त्यहाँ भारतले टस जितेर पहिले बलिंग गरेको थियो। हाम्रो इतिहास नै टोटल चेज गर्ने छैन।” उक्त प्रतियोगिताको फाइनलमा पाकिस्तानले भारतलाई पराजित गर्दै उपाधी जितेको थियो।

 

अर्कोतर्फ कप्तान सरफराज अहमदले भने टस जितेर पहिले बलिंग गर्ने आफ्नो निर्णय सहि भएको र हार पछी धेरै प्रश्नहरु उठ्नु सामान्य कुरा रहेको बताएका छन्। खेलपछी पोस्ट म्याच इन्टरभिउमा उनले विराट कोहलीले समेत टसमा आफुले पहिले बलिंग गर्न चाहेको कुरालाई आधार बनाए।

त्यस्तै पाकिस्तानका वर्तमान प्रधानमन्त्री तथा सन् १९९२ को विश्वकप बिजेता टिमका कप्तान इमरान खानले टस सुरु हुनुअघाडी नै पाकिस्तानले टस जितेर पहिले ब्याटिंग गर्नुपर्ने बताएका थिए।

विश्व क्रिकेटका सबैभन्दा तिब्र गतिका बलर तथा २२४ अन्तर्राष्ट्रिय खेलको अनुभव भएका अख्तरले यदि पाकिस्तान जितको लागि खेलेको भए पहिले ब्याटिंग गर्दा थप एक ब्याट्सम्यान खेलाउनु पर्ने बताए। पाकिस्तान खेलमा मात्र ५ ब्याट्सम्यान र ६ बलर सहित उत्रिएको थियो। यस्तै अनुभवको आधारमा सधै सोएब मल्लिखलाई टिममा राख्न नहुने समेत धारणा प्रस्तुत गरे।

पाकिस्तानले जारि विश्वकपमा ५ खेल मध्ये १ खेलमा जित र १ मा बर्षाले रद्द भएपछी ३ अंकसहित अंकतालिकामा पुछारबाट दोश्रो स्थानमा छ। उसलाई सेमिफाइनलको सम्भावना बाँकी राख्न अबका सबै खेल जित्नैपर्ने हुन्छ।

भिडियो





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]