शोयब अख्तरको दावी, यस कारण बुम्राहको क्रिकेट करियर धेरै लामो चल्ने छैन

भारतीय क्रिकेट टिमका उत्कृस्ट तिब्र गति बलर जस्प्रित बुम्राहले छोटो समयमै आफ्नो बलिंगले तिन वटै फर्म्याटमा आफुलाई सावित गरिसकेका छन्। बुम्राह आफ्नो फरक बलिंग याक्सन र धारिलो योर्करका कारण विश्वभरका ब्याट्सम्यानको लागि मुस्किल बलर बन्दै आएका छन्। २७ वर्षीय बुम्राह बारे पुर्व पाकिस्तानी तिब्र गति बलर शोयब अख्तरले आफ्नो धारणा व्यक्त गर्दै उनको करियर लामो नहुने दावी गरेका हुन्।

अख्तरले  बुम्राह तिन वटै फर्म्याटमा खेलीरहेको र उनको जुन तरिकाको बलिंग गर्ने तरिका ( याक्सन ) रहेको छ त्यसकारण घाइते हुने सम्भावना ज्यादा भएको बताएका छन्। अख्तरले बुम्राहलाई तिन वटै फर्म्याटमा नखेल्न समेत सुझाव दिएका छन्।

दायाँ हाते बलर बुम्राहले गत वर्ष घाइते भएकै कारण धेरै खेलहरु गुमाउन पुगेका थिए जसपछि न्युजिल्याण्डसंग २०२० को सुरुवातमा कम्ब्याक गरेका थिए।

“बुम्राहको बलिंग याक्सन निकै अफ्टेरो छ। उनले सबै फर्म्याट खेल्न सक्दैनन्।” अख्तरले पुर्व भारतीय क्रिकेटर आकाश चोपडासंग आफ्नो युट्युब शो आकाशवाणीमा कुराकानीको क्रममा बताएका हुन्।

“उनको बलिंग याक्सन फ्रन्ट-अन छ जसकारण बलिंग गर्दा शरीरको सारा भार कम्मरमा पर्छ।” अख्तर

बुम्राह हाल विश्वकै उत्कृस्ट फास्ट बलरहरु मध्ये एक हुन् जसले २०१८/१९ मा अस्ट्रेलिया बिरुद्ध भारतको पहिलो टेस्ट सिरिज जितमा महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसपश्चात ढाडको ओसमस्यका कारण उनले न्युजिल्यान्ड सिरिज अघि घरेलु सिजन गुमाउनु परेको थियो।

“यो उनको बहादुरी हो कि उनले टेस्ट म्याचमा पनि आफ्नो कला देखाएका छन्। उनि निकै मेहनती र एकाग्र खेलाडी हुन्। उनलाई थाहा छ उनि कता जाँदैछन्। तर उनको ढाडले उनलाई साथ देला ?” अख्तरले प्रश्न गरे।

“उनको बलिंग याक्सन फ्रन्ट-अन छ जसकारण बलिंग गर्दा शरीरको सारा भार कम्मरमा पर्छ। उनको ढाडले कहिलेसम्म त्यति भार धान्छ, यो समस्या आउनुनै थियो। म उनलाई त्यो समस्या आउनु अघि देखि नियालीरहेको थिए। म आफ्नो साथीहरुलाई बताउदै आएको थिए कि उनलाई पछि ढाडले सताउनेछ।”  अख्तरले आफुले निकै अघि बुम्राहको याक्सन देखेर उनलाई त्यस्तो समस्या आउने अनुमान गरेको बताए।

बुम्राहले भारतको लागि १४ टेस्टमा २०.३३ को औशतले ६८ विकेट लिईसकेका छन्। एकदिवसीयमा ६४ खेलमा १०४ विकेट तथा टि-२० मा ५० खेलमा ५९ विकेट आफ्नो नाम गरिसकेका छन्। उनले २०१६ मा भारतको लागि एकदिवसीय र टि-२० मा अस्ट्रेलिया बिरुद्ध डेब्यु गरेका थिए भने २०१८ मा दक्षिण अफ्रीका बिरुद्ध टेस्ट डेब्यु गरेका थिए।

अख्तरले मोहम्मद शामीको याक्सन बारे बोल्दै उनको शरीरको माथिल्लो हिस्सा बलियो रहेको र उनलाई शरीरको तल्लो भागमा समस्या हुने सम्भावना रहेको बताए। शामी चतुर बलर रहेकोले उनले आफुलाई बलियो राखीराखे उनि फिट हुने बताए। यस्तै अख्तरले जोफ्रा आर्चरको पनि याक्सन शरीरलाई बढी भार दिने र ढाड तथा काँधमा बढी जोर पढ्ने बताए।

धेरैले पढीरहेको :-

https://wicketnepal.com/wasim-akram-after-pak-lose-1st-test-wn20/

 

https://wicketnepal.com/cpl-t20-team-and-players-wn20/





थप समाचार

इशानकाे आक्रामक शतकमा राजस्थानलाई २८७ रनको लक्ष्य

काठमाडौँ । मध्य क्रमका ब्याटर इशान किसनकाे आक्रामक शतकमा सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) नयाँ सिजनको पहिलो खेलमा राजस्थान […]

एपीएफ ३१ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गरेको छ। […]

कोशीविरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि ३१ रनको जित हासिल गरेको छ। देउखुरी […]

लुम्बिनीविरुद्ध आर्मीको सहज जित, फाइनल प्रवेशकाे सम्भावना बलियाे

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई १३१ रनले पराजित गरेको […]

आईपीएल : हैदरावाद र राजस्थान तथा चेन्नई र मुम्बई भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छ। आज हुने पहिलाे खेल सनराइजर्स हैदरावाद र राजस्थान […]

बैंगलुरुको विजयी सुरुआत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुआत गरेको छ। शनिबार भएको उद्घाटन खेलमा कोलकोता नाइट […]