शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिलो एशियाली ब्याट्सम्यान

भेट्रान पाकिस्तान अलराउण्डर शोयब मलिक टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने एशिया र पाकिस्तानको पहिलो क्रिकेटर बनेका छन्। मलिक यो कोसेढुङ्गा पार गर्ने विश्वकै तेश्रो क्रिकेटर पनि बनेका छन्। पाकिस्तानमा जारि नेसनल टि-२० कप प्रतियोगितामा मलिकले शनिवार खेबर पख्तुनख्वाबाट खेल्दै इतिहास ऐतिहासिक कीर्तिमान बनाएका हुन्।

मलिकले बलुचिस्तान बिरुद्ध ४४ बलमा ७४ रन बनाउदै यो उपलब्धि हाँसिल गरेका थिए। मलिकको कीर्तिमानको बाबजुद खेलमा मलिकको टिम भने ६ विकेटले पराजित भयो।

२००५ मा टि-२० क्रिकेटमा डेब्यु गरेका मलिकले ३९५ टि-२० खेल्ने क्रममा कुल १० हजार २७ रन बनाएका छन् जुन क्रममा १२५.७१ को स्ट्राइक रेट र ३७.४१ को औशतले रन बनाएका हुन्। यस क्रममा उनले ६२ अर्धशतक प्रहार गरेका छन्। उनले अझै शतक भने प्रहार गर्न सकेका छैनन्। बलिंगतर्फ पनि मलिकले ७.०३ को उत्कृस्ट इकोनोमिले १४८ विकेट लिएका छन्।

३८ वर्षीय दायाँ हाते ब्याट्सम्यान मलिकले पाकिस्तानको लागि ११६ टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा २,३३५ रन बनाएका छन्। बाँकी रन उनले पाकिस्तानको घरेलु प्रतियोगिता तथा विदेशी टि-२० लिगहरुमा बनाएका हुन्।

विश्व क्रिकेटको कुरा गर्ने हो भने मलिक भन्दा अघि क्रिस गेल र काइरन पोलार्डले मात्र टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्न सकेका छन्। गेल टि-२० मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् जसले १३ हजार २ सय ९६ रन बनाएका छन्। दोश्रो धेरै रन बनाएका पोलार्डले १० हजार ३ सय ७० रन बनाएका छन्।

ऐतिहासिक कोसेढुङ्गा पार गरेपछि मलिकले ट्वीटरमार्फत प्रतिक्रिया दिएका छन् –

“म पाकिस्तानी जनताहरुलाई बधाई दिन चाहन्छु कि म टि-२० क्रिकेटमा १० हजार रन पुरा गर्ने पहिले एसियाली ब्याट्सम्यान बन्न सफल भएको छु। म यो कोसेढुङ्गालाई मेरो परिवार प्रति समर्पित गर्न चाहन्छु। उनीहरुले मेरो लागि सधै प्रार्थना गर्नुभएको छ। मेरो बाबा हुनु भएको भए वहाँ धेरै खुसि हुनुहुन्थ्यो , तर जीवन यस्तै हो। म जहाँ पनि जान्छु म खेल अघि आमासंग कुरा गरेर आशीर्वाद लिने गर्छु। म मेरो साथी खेलाडीहरु, ग्राउण्ड स्टाफ, समर्थकहरुलाई विशेष धन्यवाद दिन चाहन्छु।” मलिकले लेखेका छन्।

टि-२० क्रिकेटमा धेरै रन बनाउने ५ ब्याट्सम्यान 

क्रिस गेल – १३,२९६ रन ( ४०४ खेलको ३९६ इनिंग )

काइरन पोलार्ड – १०,३७० रन ( ५१८ खेलको ४६२ इनिंग )

शोयब मालिक – १०,०२७ रन ( ३९५ खेलको ३६८ इनिंग )

ब्रेण्डन म्याकलम – ९,९२२ रन ( ३७० खेलको ३६४ इनिंग )

डेभिड वार्नर – ९,५०३ रन ( २८८ खेलको २८७ इनिंग )

टियु मैदानका ग्राउण्ड स्टाफलाई सन्दिपद्वारा घोषित सहयोग रकम हस्तान्तरण

IPL : अरेन्ज क्याप रेसमा राहुलले बढाए अग्रता, अंकतालिकाको अवस्था के छ

“जहाजमा धेरै प्वाल छन् , एउटा थुन्दा अर्को ठाउँबाट पानि चुहिरहेको छ।” – धोनी

७ फिट ६ इन्च अग्ला पाकिस्तानि बलरको ‘विश्वकै अग्लो बलर’ बन्ने लक्ष्य





थप समाचार

स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टाेलीमा अनुबन्ध गरेकाे छ । […]

काठमाडौं गुर्खाजको ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम सुरु

मंगलबार बालुवाटारस्थित क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मा सम्पन्न पहिलो दिनको छनोटमा उल्लेखनिय खेलाडीको सहभागिता थियो । काठमान्डौंका प्रमुख कार्यकारी अधिकृत […]

सुदूरपश्चिम रोयल्सको एन्थम र जर्सी सार्वजनिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि मंगलवार जर्सी र टिम एन्थम सार्वजनिक गरेको छ । टोलीका‌ मालिक स्वतन्त्र […]

विराटनगर किंग्सको ट्यालेन्ट हन्ट झापामा सम्पन्न

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्सको ट्यालेन्ट हन्ट कार्यक्रम मंगलबार झापामा सम्पन्न भएको छ । टिमले कोशी प्रदेशका […]

पुजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं । युएईमा जारी महिला यु १९ टि २० विश्वकप एसिया छनोटमा कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले कुवेतलाई पराजित […]

यु-१९ विश्वकप छनोटको पाँचौ खेलमा नेपाल कुवेतसँग खेल्दै

काठमाडौं । युएईमा जारी महिला यु-१९ टि-२० विश्वकपको एसिया छनोटमा नेपालले पाँचौं खेलमा कुवेतको सामना गर्दैछ । खेल युएईको अजमानमा […]