मलिकको शानदार इनिंग र बुम्राहको बलिङ्ग – पाकिस्तानले बनायो २३७

  • विकेटनेपाल, असोज

युएईमा जारि १४ औं एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तान बीच अहिले सुपर-४ चरणको खेल चलिरहेको छ।

पहिलो इनिंगको खेल समाप्त हुँदा टस जितेर ब्याटिंग रोजेको पाकिस्तानले भारतलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर पाकिस्तानले उक्त योगफल तयार गरेको हो।

खराब सुरुवात गर्ने क्रममा पाकिस्तानले ५८ रनको योगफलमा पहिलो ३ विकेट गुमाईसकेको थियो। ओपनर इमाम उल हक ( १० ) , बाबर आजम ( ९ ) तथा फखार जमन ( ३१ ) आउट हुँदा समस्यामा परेको इनिंगलाई कप्तान सरफराज अहमद र शोयब मलिकको साझेदारीले उकास्यो।

चौथो विकेटको लागि मालिक र अहमदले १०७ रनको साझेदारी गरेपछि अहमदलाई कुलदिप यादबले व्यक्तिगत ४४ रनको स्कोरमा पेभेलियन फर्काए। त्यसपछि मलिकले पाँचौ विकेटको लागि आसिफ अलिसंग ३८ रनको साझेदारी गरे।

अफगानिस्तानसंग अघिल्लो खेलमा अविजित ५१ रनको शानदार इनिंग खेलेका मलिकले पुनः ७८ रनको महत्वपूर्ण इनिंग खेल्दै ४४ औं ओभरमा आउट हुन पुगे। त्यस अघि उनले ९० बलमा ४ चौका र २ छक्का प्रहार गरे। २१ बलमा २ छक्का र १ चौका मदतले ३० रन बनाएर असिफ अलि पनि आउट हुँदा पाकिस्तानले २०० रन पार गरिसकेको थियो।

भारत मलिक र अलिको इनिंग पछि रनमा अंकुस लगाउन सफल रहे पनि ४० ओभरमा १६९ बाट अन्तिम १० ओभरमा पाकिस्तानले ६८ रन बटुल्न सक्यो।

भारतको लागि जस्प्रित बुम्राह ( १०-१-२९-२ ) , कुलदिप यादब ( १०-०-४१-२ ) र युज्भेन्द्र चाहल ( ९-०-४६-२ ) ले समान २/२ विकेट हात पारे।

सुपर-४ चरण अन्तर्गत भारतले पहिलो खेलमा बंगलादेशलाई ७ विकेटले तथा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो। समुह चरणको खेलमा पाकिस्तानलाई भारतले सहजै ८ विकेटले पराजित गरेको थियो।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]