२४४ रन पछ्याउदै अस्ट्रेलियाले बनायो नयाँ बिश्वकिर्तिमान

२०७४ फाल्गुन ४, शुक्रबार १८:३२

  • विकेटनेपाल – ४ फाल्गुन, शुक्रवार

इंग्ल्याण्ड, न्युजील्याण्ड र अस्ट्रेलिया बीच जारि त्रिकोणात्मक टि-२० शृंखलामा अस्ट्रेलियाले न्युजिल्यांड बिरुद्द रेकर्ड जित हात पारेको छ। न्युजील्याण्डले दिएको २४४ रनको लक्ष्य अस्ट्रेलियाले मात्र ५ विकेट गुमाएर भेट्टायो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म कुनै पनि देशले पछ्याएको यो नै सबैभन्दा ठुलो लक्ष्य हो। यस अघि सन् २०१५ मा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजले दिएको २३२ रनको लक्ष्य पछ्याउदै बनाएको रेकर्ड अस्ट्रेलियाले तोडेको हो।

अस्ट्रेलियालाई एतिहासिक जित दिलाउने क्रममा डार्सी शर्टले उक्रिस्ट ब्याटिंग गरे। २४५ रनको लक्ष्यको पिछा गरेको कंगारु टोलिका लागि शर्टले मात्र ४४ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। अर्का ओपनर ब्याट्सम्यान डेभिड वार्नरसंग पहिलो विकेटका लागि शर्टले मात्र ८.१ ओभरमा १२१ रनको साझेदारी गरे। वार्नर व्यक्तिगत ५९ रन बनाउंदा इस सोढ़ीको शिकार बने।

यस्तै एरन फिन्चले अविजित ३६ रन जोडे। मात्र १४ बल खेल्दै फिन्चले ३ चौका र समान छक्का प्रहार गर्दै अस्ट्रेलियालाई जित दिलाए।न्युजील्याण्डको बलिंगमा ट्रेन्ट बोल्ट, टिम साउदी, इश सोढ़ी र कोलिन डी ग्रयाण्डहोमले समान १-१ विकेट लिए।

यसअघि पहिले ब्याटिंग गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २४३ रन बनाएपनि त्यो जितका लागि पर्याप्त भएन।

गुप्टिलको शतक र नयाँ बिश्वकिर्तिमान

न्युजिल्याण्डले बिशाल स्कोर बनाउने क्रममा मार्टिन गुप्टिलले शतक बनाएका थिए। आफ्नो टि-२० अन्तर्राष्ट्रिय क्यारियरको दोस्रो शतक बनाउदा गुप्टिलले मात्र ५४ बलमा १०५ रन जोडेका थिए।

मार्टिन गुप्टिल

योसंगै गुप्टिल, टि-२० अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान समेत बनेका छन्। उनले न्युजील्याण्डकै पुर्व खेलाडी ब्रेनड्न म्याकलमलाई पछि छाड्दै पहिलो स्थानमा उक्लिएका हुन्। गुप्टिलले ७१ इनिंगबाट २१८८ रन जोडेका छन् भने म्याक्लमको नाममा २१४० रन रहको छ।

न्युजिल्याण्डको इनिंगलाई बिशाल स्कोरतर्फ लैजाने क्रममा गुप्टिलले पहिलो विकेटका लागि कोलिन मुनरो १३२ रनको साझेदारी गरेका थिए। मुन्रो व्यक्तिगत ७६ रन बनाउंदा एन्ड्रीयु टाईको शिकार बनेका थिए। उनको इनिंगमा मात्र ३३ बलमा ६ चौकार समान छक्का प्रहार गरेका थिए।

यस्तै रस टेलरले समेत ६ बलमा १७ रन जोडेका थिए। उनले इनिंगको अन्तिम दुई बलमा लगातार दुई छक्का प्रहार गर्दै न्युजिल्याण्डको इनिंगलाई २४३ रन सम्म पुर्याएका थिए।

अस्ट्रेलियाका लागि केन रिचार्डसन र एन्ड्रीयु टाईले समान २-२ विकेट लिएका थिए। अस्ट्रेलियालाई जित दिलाउन उत्कृस्ट ब्याटिंग गरेका डार्सी शर्ट खेलको म्यान अफ दि म्याच घोषित भए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy