डिपिएलको अफिसियल एयरलाइन्स पार्टनरमा श्री एयरलान्स

  • विकेटनेपाल – ६ फाल्गुन, आइतवार

बहुप्रतिक्षित दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपिएल) को अफिसियल एयरलाइन्स पार्टनरका रुपमा श्री एयरलाइन्स रहने भएको छ। डीपिएल आयोजक धनगढी क्रिकेट एकेडेमी र श्री एयरलाइन्सबीच आइतवार काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा आयोजक धनगडी क्रिकेट एकेडेमीका अध्यक्ष सुबास शाही र श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर कुन्दन गिरीले हस्ताक्षर गरे।

सम्झौतापछि श्री एयरलाइन्सले डीपिएललाई नगद १० लाख बराबरको प्रयोजन सहयोग गर्ने भएको छ। जसमा साढे ७ लाख नगद र बाँकी रकम जिन्सी रहेको छ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै श्री एयरलाइन्सका अपरेसनल डाइरेक्टर गिरीले नेपाली क्रिकेट खेलाडीहरुले पछिल्लो समय देशको गौरव बढाइरहेकाले आफूले पनि क्रिकेटसँग जोडिन पाउँदा खुशी महसुस भइरहेको बताए। यस्तै एकेडेमीका अध्यक्ष शाहीले प्रतियोगितामा सवैको साथ सहयोगले अगाडी बढिरहेकाले डीपिएलसँग जोडिएकोमा श्री एयरलाइन्सलाई धन्यवाद ज्ञापन गरे।

रणनीतिक खेलाडीहरु

चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा यसअघि नै भएको छ। दोस्रो सिजनको धनगडी प्रिमियर लिगमा सिवाइसी अत्तरिया, महेन्द्रनगर युईनाइटेड, बिराटनगर किंग्स, रुपन्देही च्यालेन्जर्स, टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सको सहभागिता रहने छ।

दोस्रो संस्करणको डिपिएल क्रिकेटमा सहभागी टिम, रणनीतिक खेलाडी र टिम मालिकहरु :

टिम रणनीतिक खेलाडी                               टिम मालिक
सीवाईसी अत्तरिया दीपेन्द्र सिंह ऐरी क्रिएटिभ युथ क्लब अत्तरिया
महेन्द्रनगर युनाइटेड बिनोद भण्डारी सुशील कुमार श्रेष्ठ
बिराटनगर किंग्स पारस खड्का पारस लुनिया
रुपन्देही च्यालेन्जर्स शक्ति गौचन सुरज उप्रेती
टिम चौराहा धनगढी सोमपाल कामि राजकुमार श्रेष्ठ
काठमाडौँ गोल्डेन्स ज्ञानेन्द्र मल्ल रमेश शिलवाल ( गोल्डेन गेट एजुकेसन नेटवर्क )

 

प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ।  यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।

प्रतियोगिताको लागि खेलाडी चयन अक्सन मार्फत गरिनेछ भने प्रत्येक टिमले २ जना बिदेशी खेलाडी टिममा अनिवार्य समाबेश गर्नुपर्नेछ। यस्तै सबै टिमले ट्यालेन्ट हन्ट मार्फत १/१ जना सुदूरपश्चिमान्चलका खेलाडी समाबेश गर्नेपर्नेछ। खेलाडीहरुको अक्सन फागुन ५ गते आयोजना हुनेछ।

 





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]