श्रीसांतको ७ वर्षे प्रतिबन्ध सकियो, क्रिकेटमा फर्कने घोषणा

भारतीय फास्ट बलर एस. श्रीसांतको ७ वर्कोको प्रतिबन्ध आइतबार सकिएको छ। श्रीसांतलाई स्पट फिक्सिंगको आरोपमा आजीवन प्रतिबन्ध लगाइएको थियो। तर पछि सर्वोच्च अदालतले त्यसलाई घटाएर ७ साल बनाएको थियो।

श्रीसांतले सामाजिक संजालमा धारणा राख्ने क्रममा आफू स्वतन्त्र भएको बताएका छन् – “म अब पूर्णत प्रतिबन्धहरुबाट मुक्त भएको छु र अब मलाई सबैभन्दा मन पर्ने खेल खेल्न तयार छु। म प्रत्येक बलमा र चाहे अभ्यासनै किन नहोस् सर्वस्व दिनेछु। मसंग अझै ५-७ वर्ष रहेको छ जुन दौरान म जुनसुकै टिमबाट खेलेता पनि म उत्कृस्ट योगदान दिनेछु” श्रीसांतले लेखेका छन्।

श्रीसांतलाई २०१३ आईपीएलको दौरान फिक्सिंगको आरोप लागेपछि आजीवन प्रतिबन्ध लगाइएको थियो। उनिसंगै अजित चण्डीला र अंकित चौहानले पनि प्रतिबन्ध भोगेका थिए। त्यसपछि गत वर्ष अगस्टमा बिसीसीआईले उनको प्रतिबन्ध ७ वर्षमा सिमित गरेको थियो।

३७ वर्षीय फास्ट बलरले प्रतिबन्ध सकिएपछि घरेलु क्रिकेट खेल्ने घोषणा गरिसकेका छन्। केरला क्रिकेटले उनलाई टिममा सामेल गर्ने गर्ने तर त्यसको लागि आफ्नो फिटनेस प्रमाणित गर्नुपर्ने सर्त राखेको छ। यो वर्ष जुनमा केरला क्रिकेट एसोसिएसनले श्रीसांतलाई २०२०/२१ को रणजी सिजनको छनौट हुने मौका दिने बताएको थियो। तर कोरोनाका कार यो सिजन रणजी आयोजना हुनसकेको छैन।

श्रीसांतले आगामी सिजन आईपीएल खेल्ने समेत इच्छा व्यक्त गरेका छन्। उनले क्रिकेटट्रयाकर वेबसाइटसंग कुराकानी गर्ने क्रममा २०२१ आईपीएल अक्सनमा आफ्नो नाम समाबेश हुने बताएका थिए।

श्रीसांत भारतले २००७ को टि-२० विश्वकप तथा २०११ को वानडे विश्वकप भारतले जित्दा टिमको सदस्य रहेका थिए

“म जुनसुकै टिमबाट पनि खेल्न तयार छु। तर एउटा क्रिकेट फ्यानको रुपमा म सचिन तेन्दुलकर रहेको टिम मुम्बई इन्डीएन्सबाट खेल्न चाहन्छु। मैले क्रिकेट सचिन तेन्दुलकरलाई भेट्ने उद्देश्यले खेलेको थियो। यदी मी मुम्बईको लागि खेल्न पाए भने सचिन पाजी बाट धेरै कुरा सिक्न पाउनेछु।” उनले बताएका छन्।

श्रीसांतले भारतको लागि २७ टेस्ट, ५३ वानडे र १० टि-२० अन्तर्राष्ट्रिय खेल्ने क्रममा टेस्टमा ८७, वानडेमा ७५ तथा टि-२० मा ७ विकेट लिएका छन्। उनि भारतले २००७ को टि-२० विश्वकप तथा २०११ को वानडे विश्वकप भारतले जित्दा टिमको सदस्य रहेका थिए। आईपीएल करियरमा उनले ४४ खेलमा ४० विकेट लिएका छन्।

यो पनि पढ्नुस :-

आईपीएल खेल्न युएई पुग्दै सन्दिप, पहिलो खेल खेल्ने सम्भावना कम

IPL 2020 : कस्तो छ धोनीको टिम चेन्नाई सुपर किंग्स

IPL 2020 : कस्तो छ डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स टिम

IPL : एक सिजनमा सर्वाधिक रन बनाउने ५ खेलाडी

कहाँ छन् नेपालबाट १९९६ मा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने १४ क्रिकेटर





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]