क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित

क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ।

नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।

दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्ष देखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले २०१३ को एसीसी यु-१९ र यु-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए। अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्। उनले वीरगन्जको प्रतिनिधित्व गर्दै  २०१२ मा उक्त कीर्तिमान बनाएका थिए । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।

आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको  महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । कम्पनिले सुरुवातमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवस्यकता अनुसार प्रदान गर्ने जानकारी गराए । जसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याट लगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनिको प्रचार गर्नेछन्।

अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ। यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]