क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित

२०७९ श्रावण ३०, सोमबार १७:५७

क्रिकेटर अमित श्रेष्ठलाई महालक्ष्मी मोबाइल कम्पनीको आइटेल मोबाइलको ब्रान्ड एम्बेस्डर घोषित गरेको छ।

नेपाल पुलिस क्लबका २८ वर्षीय ब्याट्सम्यान अमितलाई आइटेलले एक वर्षका लागि नियुक्त गरेको हो । सम्झौता अवधिमा अमितलाई आइटेलले आवस्यक सम्पूर्ण खेल सामग्री सहयोग गर्नेछ ।

दायाँ हाते ब्याटर अमितले नेपालको यु-१९ राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन् भने बिगत १५ वर्ष देखि नियमित घरेलु क्रिकेट प्रतियोगिताहरु खेल्दै आएका छन् । उनले २०१३ को एसीसी यु-१९ र यु-१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए। अमित क्यानले आयोजना गर्ने सिनियर प्रतियोगितामा लगातार दुई शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्। उनले वीरगन्जको प्रतिनिधित्व गर्दै  २०१२ मा उक्त कीर्तिमान बनाएका थिए । फ्रेन्चाइज एभरेस्ट प्रिमियर लिग भने अमितले काठमाडौ किङ्स ११ बाट खेलेका थिए ।

आइटेल कम्पनी सन् २०१७ बाट प्रयोगमा आएको हो । जुन १७ देशमा प्रयोगमा छ । जसमध्ये अफ्रिकामा सबैभन्दा लोकप्रिय रहेको  महालक्ष्मी मोबाइल आइटेलका बिजनेस डेभलपमेन्ट हेड राजेश पौडेलले बताए ।

सम्झौतापछि पौडेलले क्रिकेट सबैले रुचाएको खेल भएको कारण सहकार्य गरेको बताए । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई पनि सहयोग होस् र हाम्रो नि प्रचार होस् भनेर सहकार्य गरेका हौं,’ पौडेलले भने । कम्पनिले सुरुवातमा करिब एक लाख २० हजार रुपैयाँ बराबरको खेल सामग्री प्रदान गर्ने र पछि आवस्यकता अनुसार प्रदान गर्ने जानकारी गराए । जसबापत अमितले कम्पनीको लोगो आफ्नो ब्याट लगायत क्रिकेट किटर सोसल मिडियामा समेत कम्पनिको प्रचार गर्नेछन्।

अमितले भविष्यमा क्रिकेट खेल्ने यो सहकार्यले राहत पुग्ने बताए । उनले भने, ‘१५ वर्षको क्रिकेट करियरमा पहिलो पटक प्रायोजक पाएको हुँ। यो सहकार्यका लागि आइटेललाई धन्यवाद । यसपछि मलाई भविष्यमा खेल्न झनै सहयोग पुग्नेछ,’ अमितले भने । सम्झौतामा पौडेल र अमितले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy