३ खेलाडीलाई दिए दिल्ली कप्तान ऐयरले जितको श्रेय

किंग्स-११ पन्जाबलाई सुपर ओभरमा पराजित गर्दै १३ औं आईपीएलमा सनसनीपूर्ण पहिलो जित पछि दिल्लीका कप्तान श्रेयस ऐयरले जितको श्रेय आफ्ना ३ खेलाडीलाई दिएका छन्।

पहिले ब्याटिंग गर्दै दिल्लीले १५७ रन बनाएपछि जवाफमा पन्जाबले पनि १५७ रननै बनाउदा खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा कागीसो रबाडाले मात्र २ रन दिएर २ विकेट लिंदा दिल्लीले मात्र ३ रनको लक्ष्य पाएको थियो जुन २ बलमै दिल्लीले पुरा गर्यो। 

जित पछि प्रतिक्रिया दिने क्रममा दिल्ली कप्तान ऐयरले खेलको यस्तो परिस्थिति आफ्नो लागि नयाँ नभएको बताए – “खेल अर्को दिशातर्फ मोडीदा हेर्न निकै मुस्किल थियो। तर हामि यस्तो परिस्थितिसंग परिचित छौ। गत सिजन पनि यस्तो भएको थियो।” लिग इतिहासमा १० औं पटक खेल सुपर ओभरमा पुगेको थियो।

ऐयरले जितको श्रेय सुपर ओभरमा २ विकेट लिएका तथा त्यस अघि खेलमा पनि २ विकेट लिएका कागीसो रबाडा, अल-राउण्ड योगदान दिएका मार्कस स्टोइनिस तथा २ विकेट लिएका रभीचन्द्रन आश्विनलाई दिए।

“कागीसो रबाडाले जितमा अहम योगदान दिए र मार्कस स्टोइनिसले जस्तो ब्याटिंग गरे त्यसले खेल परिवर्तन गर्यो। हामीले सामान्यत दायाँ-बायाँ हाते तालमेल मिलाउने गर्छौं। स्टोइनिसले जसरि यो विकेटलाई बुझेर ब्याटिंग गरे त्यो निकै तारिफयोग्य थियो। रिशभ र मैले बीचमा जिम्मेवार इनिंग खेल्यौं।” ऐयर र पन्तले ७३ रनको साझेदारी गरेका थिए।

“आश्विनको ओभर महत्वपूर्ण थियो जसले खेल हाम्रो तिर तान्यो। अक्षरले बीचको ओभरमा शानदार बलिंग गरेका थिए। आश्विन घाइते हुँदा उनले रन जोगाए।”

खेलमा स्टोइनिसले पहिलो इनिंगमा २१ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन बनाएका थिए। यस्तै उनले दोश्रो इनिंगमा अन्तिम ओभरमा १३ रन आवस्यक हुँदा बलिंग गर्दै सुपर ओभरमा खेल पुर्याएका थिए। त्यस क्रममा स्टोइनिसले ओभरको पाँचौ र छैठौं बलमा २ विकेट दिलाएका थिए। रभीचन्द्रन आश्विनले खेलमा १ ओभर मात्रै बलिंग गरेता पनि छैठौं ओभरमा करुण नायर र निकोलस पुरनको विकेट दिलाएका थिए। उक्त ओभर पछि घाइते हुँदा आश्विनले बलिंग गरेनन्।

अन्तिम ओभरमा रबाडाको ओभर जोगाएको भए खेलको नतिजा अर्कै हुने पनि उनले बताए-

“हामीले दिएको लक्ष्य सानो थियो त्यसैले विकेट लिनु महत्वपूर्ण थियो। मलाई थाहा छ कि मैले अन्तिममा रबाडाको ओभर जोगाएको भए अर्कै हुन सक्थ्यो। टि-२० खेल भनेकै यस्तै हो।”

घाइते आश्विनको अवस्था बारे बोल्दै उनले अर्को खेलमा पुनरागमन गर्ने बताए – “आश्विनले बताएका छन् कि उनि अर्को खेलको लागि तयार हुनेछन्। तर त्यो कुरा फिजियोले निर्णय गर्नेछन्।” बलिंग गर्ने क्रममा उनको ढाडमा समस्या देखिएको थियो।

ऐयरले १९ औं ओभरमा रबाडाकको बलमा मायाँक अग्रवालको क्याच छोडेकोमा स्पष्टीकरण दिए –

“क्याच गर्नु त्यो पनि आँखामा सिधा प्रकाश हुँदा मुस्किल कुरा हो तै पनि बहाना बनाउनु हुँदैन। हामीले अभ्यास त गरेका थियौं तै पनि यो पक्षलाई ( क्याच ) बलियो बनाउनु पर्छ।” क्याच छोड्दा उक्त बल चौका गएको थियो। त्यसपछि २० औं ओभरमा अग्रवालले छक्का र चौका प्रहार गरेका थिए।

रबाडाले सुपर ओभरमा २ विकेट लिए

खेलका प्लेयर अफ द म्याच चुनिएका मार्कस स्टोइनिसले खेल निकै अफ्टेरो भएको र भाग्यले आफ्नो साथ दिएको प्रतिक्रिया दिए- “कहिले काहीं भाग्यले तपाईको साथ दिन्छ, जसले सहजै तपाईलाई भिलेनबाट हिरो बनाउछ।” उनले जितको श्रेय रबाडालाई दिए।

नतिजा सहर्षस्वीकार गर्छु – राहुल 

पराजित भए पछि पन्जाबका कप्तान केएल राहुलले मायाँक अग्रवालको तारिफ गरे- “अग्रवाल आज अपत्यारिलो थिए जसरि उनले खेललाई त्यति नजिक पुर्याए। पिचले दुवै टिमआई उस्तै व्यवहार गर्यो त्यसैले म केहि भन्दिन। म कप्तानको रुपमा हर्षका साथ यो नतिजा स्वीकार गर्छु। हामीले योजना अनुसार खेल्यौं तर थोरै गल्तिहरु गर्यौं। ५५ रनमा ५ विकेट गएपछि पनि हामि सकारात्मक थियौं।” राहुलले बताए।

लक्ष्य पछ्याउने क्रममा पन्जाबलाई १५.३ ओभरमा १०१/६ को अवस्थाबाट अग्रवालले आक्रामक ब्याटिंग गर्दै टिमलाई जित दिलाउने प्रयास गरेका थिए। अग्रवालले लिगमा सर्वाधिक व्यक्तिगत ८९ रन बनाए जुन क्रममा ६० बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

लिग अन्तर्गत सोमबारको खेलमा सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्। खेल दुबई अन्तर्राष्ट्रिय स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ। दिल्लीले आगामी खेल शुक्रबार चेन्नाई सुपर किंग्स बिरुद्ध खेल्नेछ। पन्जाबले बिहिबार बैंगलोरसंग खेल्नेछ।

यो पनि पढ्नुस :-

IPL : सनसनीपूर्ण खेल सुपर ओभरमा जित्दै दिल्लीको विजयी सुरुवात

IPL : पहिलो खेलमा सन्दिपले मौका नपाउनुको ३ कारण

मोहम्मद शामीको IPL करियरकै उत्कृस्ट बलिंग





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]