जितपछि दिल्ली कप्तानले यी खेलाडीहरुलाई दिए श्रेय, धोनीले भने-“खराब खेल रह्यो”

चेन्नाई सुपर किंग्सलाई ४४ रनले पराजित गर्दै दिल्ली क्यापीटल्स आईपीएल अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। टस हारेर ब्याटिंग गरेको दिल्लीले पृथ्वी शको ४३ बलमा ६४ रनको उत्कृस्ट इनिंग तथा शिखर धवन र ऋषभ पन्तको सहयोगले २० ओभरमा ३ विकेट गुमाएर १७५ रन बनाएको थियो। जवाफमा चेन्नाईले ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो।

जित पछि दिल्लीका कप्तान श्रेयस ऐयरले टिमका ओपनर पृथ्वी श र शिखर धवन तथा आफ्ना २ फास्ट ब्बलर कागीसो रबाडा र एनरिक नोर्कियालाई ठूलो श्रेय दिए। ५ विकेट सहित पर्पल क्याप हात पारेका बलर रबाडाले खेलमा ३ विकेट ( ४-०-२६-३ ) लिएका थिए भने नोर्कियाले २ विकेट (४-०-२१-२ ) लिंदै चेन्नाईको हारको कारण बनेका थिए।

“जसरि ओपनरले सुरुवात गरे त्यसले हामीलाई आत्मविश्वास दियो र अन्त्य पनि राम्रो भयो। म भाग्यमानी छु म संग कागीसो र नोर्किया टिममा छन्। एउटा टिमको रुपमा एकजुट हुनु निकै आवस्यक छ भने हामीले एकअर्काको सफलतामा मजा लिनुपर्छ” कप्तान ऐयरले खेलपछि बताए।

“टिम मिटिंगमा हामीले निर्णय गरेका थियौं कि हामि सुरुवातमा ब्याटिंग गर्ने परिस्थिति कस्तो छ हेरेपछि कसरि खेल्ने त्यो अनुसार निर्धारण गर्नेछौँ।” उनले बताए।

खेलको प्लेयर अफ द म्याच चुनिएका पृथ्वी शले पुरानो गल्तिलाई सुधारेर अर्धशतक बनाएका थिए।

“सुरुवातमा तपाईले विकेट कस्तो छ हेर्नु पर्छ र त्यो अनुसार ब्याटिंग गर्नुपर्छ। म गत वर्ष राम्रो बल प्रहार गरिरहेका थिए तर बेवकुफ गल्ति गरिरहेको थिएँ। मैले निर्णय गरे कि यो पटक ग्राउण्ड सटहरु मात्र खेल्छु।” शले बताए।

रबाडाले खेलमा फाफ डु प्लेसी, महेन्द्र सिंह धोनी र रभीन्द्र जडेजाको विकेट लिएका थिए जसले योजना अनुसार बलिंग गरेकोमा पटेलले खुसि व्यक्त गरे। यस्तै स्पिन जोडी अमित मिश्रा र अक्षर पटेलले समेत मध्यम ओभरमा राम्रो बलिंग गरेको भन्दै उनले तारिफ गरे जसले गर्दा डेथ ओभरमा पेसरहरुले आफ्नो योजना अनुसार बलिंग गर्न सकेको उनले बताए। अक्षर पटेलले सुरुवातमा शेन वाटसनको विकेट लिएपछि मिश्राले विकेट नलिएता पनि ४ ओभरमा २३ रन मात्र खर्चेका थिए। पटेलले ४ ओभरमा मात्र १८ रन खर्चेर १ विकेट लिए।

‘मैले परिस्थिति अनुसार आफुलाई ढाल्ने कोशिस गरे’ – रबाडा

खेल पछि पर्पल क्याप लगाएका कागीसो रबाडाले आफ्नो बलिंग बारे बताए – “मैले मात्र राम्रो ठाउँमा बलिंग गरे र योजना पछ्याउने काम गरे। भाग्यवश, मैले आज महत्वपूर्ण विकेट लिए। मैले परिस्थिति अनुसार आफुलाई ढाल्ने कोशिस गरे र टिमलाई जित्ने अवास्थामा पुर्याउन प्रयास गरे। विकेट त्यसैको फलस्वरुप पाए।

“स्पिनरहरुले उत्कृस्ट बलिंग गरे। आज त्यति धेरै सित थिएन र बल समाप्त सकिएको थियो। अक्षरले राम्रो बलिंग गरे र किफायती पनि सावित भए। मिश्रा क्षमता भएका बलर हुन् , दुवै मिलेर बीचको ओभरमा रन रोक्ने काम गरे जसले गर्दा हामिलाई डेथ ओभरमा रोक्ने मौका थियो।” उनले बताए।

‘हाम्रो लागि यो खराब खेल रह्यो’- धोनी 

हार पछि चेन्नाई कप्तान धोनीले आफ्नो लागि निकै खराब खेल भएको बताए – “हाम्रो लागि यो खराब खेल रह्यो। आज सितनै थिएन त्यसैले विकेट ढिलो भयो। हाम्रो ब्याटिंगमा केहि ‘बाफ’ को कमि भयो । ढिला सुरुवात पछि रन रेट बढ्दै जाँदा दबाब बढ्यो। हामीले त्यसलाई समाधान गर्नुपर्छ। हामि अर्को खेलमा टिम समिश्रणबारे स्पस्ट चित्र लिएर अघि आउनु पर्छ। रायडु आगामी खेल सम्भवत खेल्नेछन् जसले टिममा सन्तुलन ल्याउनेछन्। उनको आगमनले हामीले एक जना अतिरिक्त बलर खेलाउन पाउने मौका हुन्छ।”

फाफ डु प्लेसीले सर्वाधिक ४३ रन बनाएका थिए

धोनीले स्पिनरहरुले राम्रो प्रदर्शन गर्न नसकेको कुरा औल्याए – “हामीले अझ राम्रो लेन्थ र लाइनमा बलिंग गर्नुप्रछ। मलाई लाग्छ स्पिनरहरु अझै पार्टीमा आएकै छैनन्। राम्रो बलिंग त गर्दै छौँ तर बाउन्ड्री पनि बारम्बार दिईरहेका छौँ। म खेलाडीहरुलाई सोध्छु कि क्याच किन छुटीराको छ। यस्तो लाइटमा खेलेको बानी न भएर हुन सक्छ। आँखामा सिधा प्रकाश परेको हुन सक्छ , त्यसपछि क्याच छोड्ने गल्तिमा माफी दिन सकिन्छ।”

लक्ष्य पछ्याउने क्रममा चेन्नाईको सुरुवात सुस्त रहेको थियो जुन क्रममा ९.१ ओभरमा ३ विकेट गुमाएर ४४ रन मात्र बनाउन सकेको थियो। ओपनर मुरली विजय र शेन वाटसन तथा रायडुको सट्टामा खेलेका रुतुराज गायकवाड पुनः असफल रहे। फाफ डु प्लेसी र केदार जाधबले मध्यम ओभरमा सुस्त ब्याटिंग गर्दा अन्तिममा चेन्नाईले रनको पहाड बनाउन सकेन। डेथ ओभरमा एनरिक नोर्किया र कागीसो रबाडाले उत्कृस्ट बलिंग गर्दा धोनीले म्याच विनिंग छवी दोहोर्याउन सकेका थिएनन्।

हार पछि चेन्नाई अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ भने दिल्ली अपराजित रहँदै ४ अंक सहित शिर्ष स्थानमा उक्लेको छ। चेन्नाईले आगामी खेल अक्टोबर २ तारिखमा सनराइजर्स हैदरावाद बिरुद्ध खेल्नेछ। दिल्लीले आगामी खेल हैदरावाद बिरुद्धनै सेप्टेम्बर २९ तारिखमा खेल्नेछ।

चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव, प्रशिक्षक फ्लेमिंगले स्वीकारे

दिल्लीको लगातार दोश्रो जित, अंकतालिकाको शिर्षस्थानमा

अनुष्काको आरोप पछि लाइभमै गावस्करको जवाफ “आफ्नो कानले सुन्नुस, हेर्नुस, अनि बोल्नुस्”

आलोचना पछि धोनीको बचाउ गर्दै प्रशिक्षक फ्लेमिंगले के भने

कोहलीलाई १२ लाख भारु जरिवाना

किन दिदैन दिल्लीले सन्दिपलाई मौका ?

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy