आशुतोषको अलराउण्ड प्रदर्शनमा बंगलादेश बिरुद्ध श्रीकुलको जित

  • फोटो फिचर : आशुतोष घर्हिया (श्रीकुल बिद्यालय) फाइल फोटो 
  • विकेटनेपाल – १३ असार, बुधवार

मलेसियामा जारी यु१९ एसियन डोमिनेटर कप प्रतियोगिता २०१८ अन्तर्गत बुधवार सम्पन्न खेलमा नेपालको श्रीकुल बिद्यालयले बंगलादेशको टोलीलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिंगमा उत्रिएको बंगलादेशले १८.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र जोड्न सकेको थियो। बंगलादेशको ब्याटिंगलाई ध्वस्त पार्ने क्रममा श्रीकुल बिद्यालयका कप्तान अंकित प्रताप सिंहले ३ विकेट लिएका थिए। यस्तै आशुतोष घर्हियाले २ तथा सुभम ज्ञवाली तथा निश्चल रोक्काले समान १-१ विकेट हात पारेका थिए।

जवाफमा ९८ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको श्रीकुलले मात्र ४ विकेट गुमाउंदै लक्ष्य पुरा गर्यो। उसको जितमा आशुतोष घर्हियाले अविजित ५७ तथा निश्चल रोक्काले २९ रनको योगदान गरे। यसअघि मलेसिया बिरुद्धको पहिलो खेल बर्षाका कारण रद्ध हुँदा दोस्रो खेलमा भने श्रीकुलले भारत बिरुद्ध ७ रनको हार बेहोरेको थियो। श्रीकुलले अब तेस्रो स्थानका लागि बिहिबार बंगलादेशसंग खेल खेल्ने छ। प्रतियोगिताको उपाधिका लागि भने मलेसिया र भारत भिड्ने छन्।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]