आशुतोषको अलराउण्ड प्रदर्शनमा बंगलादेश बिरुद्ध श्रीकुलको जित

  • फोटो फिचर : आशुतोष घर्हिया (श्रीकुल बिद्यालय) फाइल फोटो 
  • विकेटनेपाल – १३ असार, बुधवार

मलेसियामा जारी यु१९ एसियन डोमिनेटर कप प्रतियोगिता २०१८ अन्तर्गत बुधवार सम्पन्न खेलमा नेपालको श्रीकुल बिद्यालयले बंगलादेशको टोलीलाई ६ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिंगमा उत्रिएको बंगलादेशले १८.४ ओभरमा सबै विकेट गुमाएर ९७ रन मात्र जोड्न सकेको थियो। बंगलादेशको ब्याटिंगलाई ध्वस्त पार्ने क्रममा श्रीकुल बिद्यालयका कप्तान अंकित प्रताप सिंहले ३ विकेट लिएका थिए। यस्तै आशुतोष घर्हियाले २ तथा सुभम ज्ञवाली तथा निश्चल रोक्काले समान १-१ विकेट हात पारेका थिए।

जवाफमा ९८ रनको सामान्य विजय लक्ष्य लिएर मैदान उत्रिएको श्रीकुलले मात्र ४ विकेट गुमाउंदै लक्ष्य पुरा गर्यो। उसको जितमा आशुतोष घर्हियाले अविजित ५७ तथा निश्चल रोक्काले २९ रनको योगदान गरे। यसअघि मलेसिया बिरुद्धको पहिलो खेल बर्षाका कारण रद्ध हुँदा दोस्रो खेलमा भने श्रीकुलले भारत बिरुद्ध ७ रनको हार बेहोरेको थियो। श्रीकुलले अब तेस्रो स्थानका लागि बिहिबार बंगलादेशसंग खेल खेल्ने छ। प्रतियोगिताको उपाधिका लागि भने मलेसिया र भारत भिड्ने छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy