प्रधानमन्त्री कप : सिद्धान्त लोहनीको कप्तानीमा प्रदेश-१ टिमको घोषणा

Siddhant Lohani

पुष २६ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ ले १४ सदसीय टिमको घोषणा गरेको छ।

राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनी कप्तानीको टिमको प्रशिक्षकमा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामा छन्। यस्तै टिम व्यवस्थापक अजय राजबंशी रहेका छन्। भर्खरै युएईमा आयोजित यु-१९ एसिया कप टिममा रहेका देब्रे हाते स्पिनर दिपेश कंडेल टिममा छन्।

प्रदेश नम्बर-१ टिम : सिद्धान्त लोहनी ( कप्तान ) , मुकुन्द यादव, श्रवण यादव, दिपेश कंडेल, मिनस थापा, शाकिब हक, अंकित सुबेदी ( उपकप्तान ) , मनोज तामाङ, बिधान गोस्वामी, सोनु अन्सारी, सुमन श्रेष्ठ ( विकेटकिपर ) , फिर्दोश अन्सारी, कमल खत्री, बिबेक मेहता , वैकल्पिक खेलाडी : ज्ञानु श्रेष्ठ, सोनु मण्डल, समिर कार्की , गौरव कटवाल

प्रतियोगितामा प्रदेश नम्बर-१ समुह ‘ए’ मा छ जुन समुहमा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश छन्। प्रदेश-१ ले पहिलो खेल पुष २७ गते मुलपानी मैदानमा कर्णाली प्रदेशसंग खेल्ने तालिका छ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]