नेपाल प्रिमियर लिग ( एनपीएल ) को मुख्य प्रायोजन सिद्धार्थ बैंकले गर्ने भएको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम बीच नेपाल क्रिकेट संघ ( क्यान ) र सिद्धार्थ बैंक बीच पाँच बर्षे प्रायोजन सम्झौता गरिएको छ।
सम्झौता कार्यक्रममा बोल्दै क्यान सचिव पारस खड्काले क्यान र सिद्धार्थ बैंक बीच नेपाली खेलकुदमै ठूलो प्रायोजन सम्झौता भएको बताएका छन्। सेतोपाटिका अनुसार सम्झौता वापत बैकले क्यानलाई वार्षिक ४ करोड अर्थात् ५ वर्षमा २० करोड रुपैयाँ दिनेछ।
प्रतियोगिताको प्रत्यक्ष प्रशारण चर्चित भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्ने भएको छ।
८ फ़्रेन्चाइज् टिम सहभागी नेपाल प्रिमियर लिग नोभेम्बर ३० देखि डिसेम्बर २१ तारिख सम्म आयोजना हुनेछ। पहिलो पटक नेपालको घरेलु प्रिमियर लिगको आयोजना नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको हो।
