क्यान निलम्बन भए जिम्मेवारी कसको? क्यान महासचिबलाई लामिछानेको प्रश्नको झटारो ! ( भिडियो सहित )

  • विकेटनेपाल, २० पौष- शुक्रवार

बिगत लामो समयदेखि बिवादको बिषय बन्दै आएको नेपाल क्रिकेट संघ (क्यान) को समस्याले यसपटक न्यूज २४ टेलिभिजन को चर्चित कार्यक्रम “सिधा कुरा जनतासंग” मा पनि स्थान पाएको छ।

बिहिवार बेलुकी प्रसारित कार्यक्रमको १६७ औं अंकमा नेपाल क्रिकेट संघको बिध्यमान समस्याका बिषयमा चर्चा भयो।

आर्थिक पारदर्शिताको अभाव, आपसी विवाद र सरकारको हस्तक्षेप आदि जस्ता कारण देखाउंदै अन्तराष्ट्रिय क्रिकेट संगठन (आईसीसी) ले नेपाल क्रिकेट संघलाई गत बर्षको बैशाखमा निलम्बन गरेको थियो। त्यसयता लगातार रुपमा नेपाली क्रिकेटमाथि कडा नजर राख्दै आएको आईसीसीले केहि समय अघि निलम्बित क्यानलाई पत्र काट्दै समयमै समस्या हाल नभए क्रिकेट संघ खारेज सम्म हुनसक्ने चेतावनी समेत दिएको थियो

पछिल्लो समय निकै लोकप्रिय कार्यक्रम “सिधा कुरा जनतासंग” मा नेपाल क्रिकेट संघ क्यानको बिवादको बिषय उठाउँदै गर्दा कार्यक्रम प्रस्तोता लामिछाने आक्रोशित देखिएका थिए। क्यानको बिवाद र आईसीसीले लगाएको निलम्बनको बिषयमा तयार पारिएको सामाग्री प्रस्तुत गरेपछि क्यानका महासचिब अशोकनाथ प्याकुरेलसंग फोन मार्फत कुराकानी गरिएको थियो।

कडा शैली र तिखा प्रश्नका लागि चिनिने पत्रकार लामिछानेले क्यानको बिषयमा अशोकनाथ प्याकुरेललाई राखेका प्रश्नपनि सामान्य थिएनन्। यदि आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेमा र नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाएन भने त्यसको जिम्मेवारी कसले लिन्छ भन्ने लामिछानेको प्रश्नमा प्याकुरेलले स्पस्ट जवाफ दिनसकेनन्।

कुराकानीको अधिकतम समय प्याकुरेलमाथि दवाब बनाएका पत्रकार लामिछानेले “गत डिसेम्बरमा आईसीसीले पठाएको पत्रमा के सोधिएको थियो?” भन्ने प्रश्न गर्दा प्याकुरेलले भने- “आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गर्दा जुन कारण भनेको थियो त्यहि कुराको बर्तमान अवस्था बुझ्ने पत्र थियो”

कतै क्यानको लुछाचुँडी र आन्तरिक विवादकै कारणले आईसीसीले नेपाल क्रिकेट संघलाई खारजे त गर्दैन?” भन्ने प्रश्नको जवाफमा प्याकुरेलले यस्तो जवाफ दिए-

” नेपालसंग क्षमता छ र हाम्रो प्रदर्शनकै कारणले पनि आईसीसीले त्यस्तो निर्णय नलिएला तर हामीले बैधानिक रुपमा अघि भने बढ्नुपर्छ।”

क्यानको विवादको कुरा उठाई रहंदा अधिकतम समय खेलाडी र समर्थकको प्रसंशा गरेका लामिछानेले यो बिषयलाई आउने दिनमा पनि फलो-अप गर्दै जाने प्रतिबद्धता ब्यक्त गरेका थिए।

के हो त नेपाली क्रिकेटको बर्तमान समस्या ?

आर्थिक अपारदर्शिताको , सरकारी हस्तक्षेप. आपसी विवाद जस्ता कारणले आईसीसीले नेपाल क्रिकेट संघलाई गत बर्ष बैशाखमा निलम्बन गरेको थियो। त्यसयता आईसीसीले क्यानको सबै आर्थिक कारोवारमा बन्देज लगाएको छ। नेपाली क्रिकेट आफै सम्हाल्दै आएको आईसीसीले केहि समय अघि निर्वाचित नेपाल क्रिकेट संघ (क्यान) लाई पत्र लेख्दै डिसेम्बर २२ सम्म क्यान पुनर्बहालीबारे सन्तोषजनक कारण देखाउन आदेश दिएको थियो।

यसअघि गत भदौमा सम्पन्न क्यानको साधरण सभाले संसोधन सहित क्रिकेट संघको बिधान पारित गरेको थियो जसलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले स्वीकृति दिएको थियो। त्यसकै आधारमा क्यानले ३९ मध्ये ३७ जिल्लामा निर्वाचन समेत समपन्न गर्यो। तर गत कार्तिकमा आईसीसीले क्यानको बिधान संसोधन सहमति बिपरित भएको बताउंदै निर्वाचनलाई अनुचित घोषणा गर्यो।

को हुन रबि लामिछाने ?

सन्ल २०१३ मा लगातार ६२ घण्टा लगातार लिंदै गिनिज बुकमा नाम लेखाएका रबि लामिछाने न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम “सिधा कुरा जनता संग” बाट पछिल्लो समय चर्चामा आएका पत्रकार हुन्। सर्वसाधारण जनताको समस्यालाई उठाएर समाधानसम्म पुर्याउनको लागि कार्यक्रम “सिधा कुरा जनतासंग” र पत्रकार रबि लामिछाने चिनिने गर्छन्। पछिल्लो समयमा मानव बेचबिखन जस्तो जटिल समस्यालाई पनि सहजै समाधान गर्दै दोषीलाई कारवाहीको कठघरासम्म पुर्याएका लामिछानेले नेपाली क्रिकेटको समस्यालाई कसरी अघि बढाउछन् त्यो भने समयलेनै बताउने छ।

हेर्नुस कार्यक्रमको भिडियो 





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]