नेपाली फ्यानसंग माफी माग्दै सिकन्दर राजाको इपिएल नखेल्ने घोषणा

  • विकेटनेपाल, मङ्सिर-१८ , मंगलबार 

एभरेस्ट प्रिमियर लिग टि-२० ( इपिएल टि-२० ) टिम काठमाडौँ किंग्स एघारमा भदौ महिनामा आबद्ध भएका स्टार जिम्बाबे खेलाडी सिकन्दर राजा इपिएल नखेल्ने भएका छन्।

किंग्स एघारले राजा सहित चर्चित आयरल्याण्ड खेलाडी केभिन ओ ब्रायन तथा युएई टिमका कप्तान समेत रहेका रोहन मुस्तफालाई यो सिजन आबद्ध गरेको थियो।

मङ्सिर २२ गतेबाट इपिएल सुरु हुनु ४ दिन अघि सिकन्दर राजाले आफ्नो फेसबुक र ट्वीटर मार्फत इपिएल टि-२० खेल नपाउने बताएका छन्। उनले लेखेका छन् –

“म यो घोषणा गर्दा दुखि छु कि यो सिजन एभरेस्ट प्रिमियर लिगको हिस्सा हुने छैन। म प्रतियोगिता र मेरो टिम काठमाडौँ किंग्स एघारलाई सुभकामना दिन चाहन्छु र आशा गर्छु कि आगामी बर्ष पक्कै प्रतियोगिताको हिस्सा हुनेछु। सबै नेपाली सुभचिन्तकहरुमा म विनम्रतापुर्वक माफी माग्न चाहन्छु”

राजाले इपिएल नखेल्ने कारण भने आफ्नो पोस्टमा खुलाएका छैनन्। किंग्स एघारका निर्देशक बिनोद दासले विकेटनेपालसंग कुरा गर्दै राजा आफ्नो पुर्व निर्धारित तालिकाको कारण अनुसार आउन नसकेको बताएका छन्।

“आफ्नो पुर्व निर्धारित तालिकाको कारण उनि नआउने भएका हुन्। उनको तालिका अनुसार डिसेम्बर १४ देखि मात्रै उनि खाली हुनेछन् जुन मिति इपिएलको लागि निकै ढिला हुनेछ।” दासले राजाको सट्टा अर्को बिदेशी खेलाडीको छिट्टै घोषणा गर्ने समेत बताए।

जिम्बाबेको लागि ८८ एकदिवसीय, १२ टेस्ट र २८ टि-२० खेलीसकेका ३२ बर्षिय राजाले नेपाल बिरुद्ध यसै बर्ष आईसीसी बिश्व कप छनौटमा शतक बनाएका थिए। २०१९ फेब्रुवरीमा आयोजना हुने पाकिस्तान सुपर लिग खेल्न समेत छनौट भएका राजा कराँची किंग्सबाट खेल्नेछन्।

( Sikandar Raza – Picture Credit: cricket365.com)

इपिएल टि-२० मा प्रत्येक टिमले ३ जना बिदेशी खेलाडीलाई अन्तिम-११ मा स्थान दिनैपर्ने नियम राखेको छ त्यस अनुसार सम्पूर्ण टिमले बिदेशी खेलाडीहरुको घोषणा गरेका छन्।

गत सिजन श्रीलंकन क्रिकेटर फर्भेज महरुफको कप्तानीमा उत्रिएको काठमाडौँ टिमको मार्की खेलाडी सोमपाल कामि रहेका छन् भने यो पटक टिमको कप्तानी कसले गर्ने निर्क्योल भएको छैन। पछिल्लो सिजन महरुफको प्रदर्शन प्रतियोगितामा खास रहेको थिएन भने टिमले आबद्ध गरेको अर्का श्रीलंकन खेलाडी अक्षु फर्नान्डो र भारतीय खेलाडी सागर कुमारले पनि खास योगदान दिएका थिएनन्।

किंग्स-११ टिममा सोमपाल कामि , नरेश बुढायर, सिद्धान्त लोहनी, जितेन्द्र मुखिया, अमर सिंह रौटेला, सागर पुन, अमित श्रेष्ठ, बिक्रम भुसाल, सम्साद शेख जस्ता खेलाडीहरु रहेका छन्।

गत सिजन किंग्स-११ ले इपिएलमा खराब प्रदर्शन गरेको थियो र ५ खेलमा ४ हार र १ जित बेहोर्दै अंकतालिकामा पाँचौ स्थानमा रहँदै प्ले-अफ चरण पुग्न असफल रहेको थियो।

एभरेस्ट प्रिमियर लिग खेल्ने बिदेशी खेलाडीहरु – 

केभिन ओ ब्रायन र रोहन मुस्तफा (काठमाडौं किंग्स एघार)
रायन टेन डोस्काटे, मोहम्मद नाबिद र रबि इन्दर सिंह (भैरहवा ग्लाडीएटर्स)
सन्नी पटेल, जय किशन कोल्सावाला र गौरभ तोमर ( ललितपुर प्याट्रीएट्स )
पल स्टरलिङ्ग, जर्ज स्कट र जन सिम्प्सन ( चितवन टाइगर्स )
रिचर्ड लेभी, कायल कोट्जर, पल कोग्लिन, सन्नी भिमसारिया ( पोखरा राइनोज )
बाबर हयात, रोल्फ भान डर मर्वे र पल भान मिकिरिन ( बिराटनगर वारियर्स )

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]