“अब म यहाँबाट कहाँ जाऊँ ? निस्कने बाटो छ ?”

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जिम्बाबे क्रिकेटलाई निलम्बन गरेपछि जिम्बाबे क्रिकेटरहरुले निराश हुँदै प्रतिक्रिया दिएका छन्।

बिहिबार लन्डनमा बसेको आईसीसको वार्षिक सम्मेलनमा सर्वसम्मतिले जिम्बाबे क्रिकेटलाई निलम्बन गर्ने निर्णय गरेको थियो। आईसीसीले जिम्बाबेलाई आईसीसीले आयोजना गरेको प्रतियोगिता खेल्न समेत रोक लगाएको छ भने जिम्बाबे क्रिकेटलाई दिने बजेट समेत रोक्का गरेको छ।

निलम्बन पछि जिम्बाबेका स्टार क्रिकेटर सिकन्दर राजाले आईसीसीको निर्णय बारे ट्वीट गर्दै घोर निराशा व्यक्त गर्दै ट्वीट गरेका छन्।

“कसरि एउटा निर्णयले एउटा टिमलाई अपरिचित बनाएको छ, कसरि एउटा निर्णयले धेरैलाई वेरोजगार बनाएको छ, कसरि एउटा निर्णयले यति धेरै परिवारलाई असर गरेको छ, कसरि एउटा निर्णयले धेरैको करियर बर्बाद गरेको छ, पक्कै पनि यसरी मैले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेटलाई विदा गर्न चाहेको थिईन”  राजाले जिम्बाबेको लागि १२ टेस्ट, ९७ एकदिवसीय र ३२ टि-२० खेलीसकेका छन्।

यस्तै राजाले इएसपीएन क्रिक्इन्फोसंग कुरा गर्दै यसरी आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्त्य हुने कहिल्यै नसोचेको लेखेका छन् –

“हामि अझै सदमामा छौ यो देखेर कि हाम्रो अन्तर्राष्ट्रिय करियर यसरी अन्त्य हुनेछ भनेर। एउटा खेलाडीको लागि मात्रै हैन, पुरा देशको लागि।”

“अब म यहाँबाट कहाँ जाऊँ ? निस्कने बाटो छ ?”

“मलाई थाहा छैन अबको बाटो के हो। हामीलाई बताईएको छ कि निलम्बन गरिएको छ तर कहिलेसम्म बताईएको छैन।  २ वर्षको निलम्बनले धेरैको करियर बर्बाद हुनेछ। मलाई परिस्थिति थाहा छैन तर हामीलाई क्रिकेट खेल्न पूर्णत निलम्बन गर्नु कसरि सम्भव हुन सक्छ। मलाई थाहा छैन कसरि कसैले यो गर्न सक्छ जुन हामिसंग घटेको छ”

राजाले अब जिम्बाबे क्रिकेटरले बैकल्पिक रोजगारको बाटो रोज्नु पर्ने डर लागेको बताएका छन्।

“मलाई थाहा छैन एउटा अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा हामि कहाँ जाने। क्लब क्रिकेट या कुनै क्रिकेट छैन हाम्रो लागि ? अब क्रिकेट किट जलाएर जागिरको लागि निवेदन दिने ? मलाई थाहा छैन अब के गर्ने।

जिम्बाबे क्रिकेट बोर्डलाई गत महिना खेलकुद मन्त्रालयले निलम्बित गर्दै अन्तरिम कमिटि गठन गरेको थियो जसकारण आईसीसीले यो निर्णय लिएको हो। अक्टोबरमा हुने आईसीसी बोर्ड मिटिंगले यो निर्णय माथि पुनर्विचार गर्ने बताएको छ।

यस्तै अर्का जिम्बाबे स्टार क्रिकेटर ब्रेण्डन टेलरले पनि निलम्बन बारे ट्वीट गरेका छन्-

“क्रिकेट जिम्बाबेलाई निलम्बन गरेको खबरले दिल टुटेको छ। जिम्बाबे क्रिकेटसंग अहिलेसम्म कुनै सरकार छैन। तै पनि हाम्रो अध्यक्ष एउटा सांसद हो ? सैयौं इमान्दार मानिस, खेलाडी, सपोर्ट स्टाफ, ग्राउण्ड स्टाफ जो जिम्बाबे क्रिकेटमा निर्भर थिए अब बेरोजगार भएका छन्।”

सोलोमन मायरको सन्यास 

जिम्बाबे क्रिकेट निलम्बनमा परे पछि जिम्बाबे क्रिकेटर सोलोमन मायरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय मायरले इन्स्टाग्राममा पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन्। उनले जिम्बाबे क्रिकेटको लागि आईसीसीको कदम दुखद रहेको र यही घडीमा आफुले नयाँ बाटो खोज्ने निर्णय गरेको लेखेका छन्।

“यो दुर्भाग्यपूर्ण छ कि यस्तो हालतमा यसरी क्रिकेट छोडेर जानु परिरहेको छ जुन मेरो नियन्त्रणमा छैन। तर मैले एउटा नयाँ दिशामा कदम उठाउने निर्णय गरेको छु”

जिम्बाबेलाई सन् १९९२ मा आईसीसीले टेस्ट मान्यता प्रदान गरेको थियो। सन् १९८७ देखि २०१५ सम्म लगातार एकदिवसीय विश्वकप खेल्न छनौट भएको जिम्बाबे २०१९ विश्वकप खेल्न भने छनौट हुन असफल भएको थियो। सन् १९९९ र २००६ को विश्वकपमा त जिम्बाबे उत्कृस्ट-६ भित्र पर्न सफल भएको थियो। यस्तै सन् २००७ देखि २०१६ को टि-२० विश्वकप समेत जिम्बाबे खेलीरहेको छ ( २००९ मा नाम फिर्ता लिएको )।





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]