- विकेटनेपाल – १८ माघ, बिहिवार
बंगलादेश पहिलो पारि – ५१३/१० ; मोमिनुल हक् १७६, सुरंगा लकमल ३/६८, रंगना हेरथ ३/१५०
श्रीलंका पहिलो पारि – १८७/१ ; धनन्जय डी सिल्भा १०४* , मेहेदी हसन १/४५
श्रीलंका ३२६ रनले पछि
घरेलु टोलि बंगलादेश बिरुद्धको पहिलो टेस्टको पहिलो पारिमा श्रीलंकाले मजबुत सुरुवात गरेको छ। बंगलादेशले पहिलो पारीमा बनाएको ५१३ रनको पिछा गर्नेक्रममा दोस्रो दिनको समाप्तिमा श्रीलंकाले एक विकेट गुमाउंदै १८७ रन जोडेको छ।
३७४/४ बाट दोस्रो दिनको खेल सुरु गरेको बंगलादेशले १२९.५ ओभरमा अल-आउट हुनअघि ५१३ रन जोड्न सफल भयो। घरेलु टोलिका लागि पहिलो दिनको खेल सकिंदा १७५ रन जोड्दै अविजित रहेका मोमिनुल हकले दोस्रो दिन मात्र १ रन थप्न सके। उनि रंगना हेरथको बलमा कुशल मेन्डिसबाट समातिएका थिए।
यस्तै पहिलो दिनको खेल सकिंदा अविजित ९ रनमा रहेका महमदुल्लाहले भने उत्कृस्ट ब्याटिंग गर्दै अविजित ८३ रन जोड्न भ्याए। १३४ बल खेलेका उनले ७ चौका र २ छक्का प्रहार गरेका थिए।
घरेलु टोलिलाई दोस्रो दिन अल-आउट गर्ने क्रममा श्रीलंकाका सुरंगा लकमल तथा रंगना हेरथले समान ३-३ विकेट लिएका थिए। यस्तै लक्सन सनन्दकनले २ तथा दिलरुवन परेराले १ विकेट हात पारेका थिए।
जवाफमा आफ्नो पहिलो इनिंगको ब्याटिंगमा उत्रिएको श्रीलंकाले पहिलो विकेट चाडैं नै गुमायो। २.३ ओभरको खेलहुँदा लंकन टोलिले खातानै नखोली ओपनर दिमुथ करुनारत्ने पभेलियन फर्किए। बंगलादेशको लागि पहिलो सफलता दिलाउने क्रममा मेहेदी हसनले करुनारत्नेलाई इम्रुल काएसको हातमा क्याच आउट गराएका थिए।
त्यसपछि भने तेस्रो नम्बरमा ब्याटिंग गर्न उत्रिएका धनन्जय डी सिल्भाले शतक जोड्दै भ्रमणकारी टोलीलाई खेलमा फर्काए। दोस्रो दिनको खेल सकिंदासम्म सिल्भा १०४ रनमा अविजित छन्। १२७ बल खेलेका सिल्भाले १५ चौका प्रहार गरिसकेका छन्। यस्तै ओपनर ब्याट्सम्यान कुसल मेन्डिस भने ८३ रनमा अविजित छन्।
जारि श्रीलंकाको बंगलादेश भ्रमण अन्तर्गत जिम्बाबे समेत सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज श्रीलंकाले उपाधी जित्दै सकिएको थियो। यी दुई टोलिबीच २ टेस्ट तथा २ टी-२० क्रिकेट को सिरिज चल्नेछ ।