नवनियुक्त सदस्य–सचिव सिलवालद्वारा पदबहाली

  • विकेटनेपाल, काठमाडौं, असार २३ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबार पदबहाली गरेका छन् । सिलवाललाई सोमबारै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सदस्य–सचिवमा नियुक्त गरेका हुन् ।

पदबहाली अघि खेलकुद मन्त्री विश्वकर्माले सिलवाललाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए । निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको ४ वर्षे कार्यकाल असार ९ गते सकिएपछि सदस्य–सचिव पद रिक्त थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले नवनियुक्त सदस्य–सचिवलाई आफूले पाएको जिम्मेवारीमा ढृद्ध भएर अगाडि बढ्न आवश्यक रहेको बताउदै निवर्तमान सदस्य–सचिवसंगको सहकार्य सुखद रहेको बताए ।

सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद बुझेकोले खेलकुदको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै निर्धारित समयमा साग सम्पन्न गर्नु मुख्य चुनौती रहेको बताए ।

खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले सागको तयारी अहिले म्याराथनको अवस्थामा रहेको र यसलाई एक सय मिटर दौडको गतिमा लान आवश्यक रहेको बताउदै नवनियुक्त सदस्य–सचिवबाट धेरै आशा गरिएको बताए ।

राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले नवनियुक्त सदस्य–सचिवको कार्यकालमा खेलकुदले झन गति लिने बताउदै त्यस कार्यमा सबैको साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

नवनियुक्त सदस्य–सचिव सिलवालले आफूले सबै भन्दा माया गर्ने विधा खेलकुद भएको बताउदै जागिर खान नभइ खेलकुदमा केहि गरौं भनेर खेलकुद परिदमा आएको बताए । उनले १३ औं साग अवसर र चुनौती दुवै भएको बताउदै साग समयमै आयोजना हुनु पर्छ भन्नेमा आफू सचेत रहेको बताए ।

निवर्तमान सदस्य–सचिव विष्टले खेलकुद क्षेत्रमा लामो समयदेखि संलग्न एक योग्य व्यक्तिले खेलकुद परिषद्को नेतृत्व पाएको बताउदै आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । निवर्तमान सदस्य–सचिव विष्ट नवनियुक्त सदस्य–सचिव सिलवालको शपथ र पदबहाली दुवै कार्यक्रममा सहभागी भएका थिए।

गोल्डेन गेट कलेजको संचालक रहेका सिलवाल प्रधानमन्त्रि केपी ओली निकट हुन्। उनि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का अध्यक्ष समेत हुन्। शिलवाल एमालेसम्बद्ध मदन भण्डारी स्पोर्ट्स एकेडेमीको समेत अध्यक्ष रहीसकेका छन्। पार्टी राजनीतिमा समेत ओली युवा संघको अध्यक्ष हुँदा सिलवालले सचिव भएर काम गरेका थिए।

शिलवाल धनगढी प्रिमियर लिग डिपीएल टिम काठमाडौँ गोल्डेनसका मालिक समेत हुन्। डिपीएलको क्वालीफायरमा पुगे पनि आफ्नो बिदेशी खेलाडीलाई प्रतिबन्ध लगाएको कारण क्वालीफायर खेल बहिस्कार गरेको थियो।

२०७२ साल पुषमा राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको तदर्थ समिति गठन गर्दा शिलवाललाई नेतृत्व दिईएको थियो। क्रिकेट संघले त्यस बेला गरेको साधारणसभालाई मान्यता नदिंदै राखेपले तदर्थ समिति बनाएको थियो। राखेपले सन् २०७१ कार्तिकमा विनय राज पाण्डेको नेतृत्वमा तदर्थ समिति बनाउदा समेत शिलवाललाई महासचिव बनाईएको थियो। सर्वोच्च अदालतले भने तदर्थ समितिलाई मान्यता दिएको थिएन। त्यही विवाद पछि २०७३ साल बैशाखमा आईसीसीले नेपाल क्रिकेट संघलाई राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बन गरेको थियो।





थप समाचार

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनसिएएसए) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]

अर्जुन ट्रफीः कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनमा डडेल्धुरा फाईनलमा

कैलाली, माघ २६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल चम्किएपछि फेण्ड्स युथ क्लब डडेल्धुरा क्रिकेटको शहर धनगढीमा भईरहेको अर्जुन […]

ग्रेट हिमालय काठमाडौं छनोटको उपाधि फाइनलमा

काठमाडौँ । ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको उपाधि नजिक पुगेको छ। मूलपानीको माथिल्लो क्रिकेट […]

आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख

काठमाडौँ । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेटस् संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम बिहिवार राजधानीमा सम्पन्न भएको […]