सदस्य सचिव सिलवालद्वारा टियु मैदानको निरीक्षण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले कीर्तिपुर क्रिकेट मैदानको आइतबार निरीक्षण गरेका छन्।

सो अवसरमा सदस्य–सचिव सिलवालले पभेलियन, पिच, प्यारापिट, भीआईपी कक्ष, प्रेस कक्षलगायतका विषयमा जानकारी लिएका थिए।
सिलवालले त्यहाँ रहेका समस्याका बारेमा लिखित रुपमा परिषदमा पेश गर्न र त्यसमा कार्यन्वयन गर्न अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

निरीक्षणका दौरान १३ औं दक्षिण एसियाली खेलकुद (साग) सचिवालयका प्रमुख कमल खनाल, प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्याय, नेपाली क्रिकेट टिमका पुर्व मुख्य प्रशिक्षक जगत टमाटा, नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डेलगायतको उपस्थिति थियो।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]