काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमा समेटिएपछि नेपाल ९ रनले पराजित भएको हो।
नेपालका लागि ब्याटिङतर्फ सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए। वेस्ट इन्डिजका बलिङतर्फ लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि रचना चौधरी र सीमाना केसीले समान एक विकेट लिए। अब नेपालले अर्को अभ्यास खेलमा बुधबार अमेरिकासँग खेल्नेछ।
