DRS को कारण लाखौं दर्शकको अघि अम्पायरले लज्जास्पद महसुस गर्नुपर्ने साइमन टफेलको धारणा

  • विकेटनेपाल, मङ्सिर-२६ , बुधबार 

पुर्व अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर साइमन टफेलले क्रिकेटमा आएको डिसिजन रिभ्यु सिस्टम ( डीएरएस ) को कारण अम्पायर लाखौं दर्शकहरुको बीच लज्जास्पद महसुस गर्नुपर्ने धारणा ब्यक्त गरेका छन्।

टफेलले सन् १९९९ देखि २०१२ सम्म ७४ टेस्ट, १७४ वानडे र ३४ टि-२० खेलमा अम्पायरको भूमिका निभाएका थिए भने सो क्रममा ५ पटक आईसीसीको उत्कृस्ट अम्पायरको अवार्ड पाएका थिए। अस्ट्रेलियन वेबसाइट बेटवे डटकमसंग कुराकानी गर्ने क्रममा टफेलले डीआरएस बारे बोलेका हुन्।

“मलाई लाग्दैन कि डीआरएस आएपछि अम्पायरिङ्ग पहिले भन्दा सजिलो या गार्हो भएको छ। नयाँ सिस्टमले अम्पायरिङ्गलाईनै बदलदिएको छ। डीआरएस आउनु अघि तपाईले खेलको क्रममा गरेको गल्तिको सामना खेल पछि गर्नुपर्थ्यो। तर अहिलेको समयमा अम्पायरहरुले आफ्नो गल्तिको तत्काल सामना गर्नुपर्छ”

टफेलको मान्यता अनुसार यदी अम्पायरको निर्णय गलत छ भने ९० सेकेन्डमै लाखौँ दर्शकको सामुन्ने तत्काल तपाईको गल्ति थाहा दिईन्छ। अम्पायरले सबैको अगाडी आफ्नो निर्णय बदल्नु पर्छ। यसले गर्दा अम्पायर थोरै अपमानित या लज्जा महसुस गर्नसक्छ। यसले गर्दा अम्पायरलाई लगत्तैको बलमा आफ्नो ध्यान आकृष्ट गर्न मुस्किल हुन्छ।

४८ बर्षिय अस्ट्रेलियन नागरिक टफेलले सन् २०१८ को ठुलो बल टेम्परिंग बिबाद बारे पनि आफ्नो धारणा राख्दै त्यस घटनाले आफु स्तब्ध बनेको बताएका छन्।

दक्षिण अफ्रीका र अस्ट्रेलिया बीचको टेस्ट सिरिजको क्रममा टिभीको दृश्यमा क्यामरन ब्यान्क्रफ्ट बल टेम्परिंग गर्दै गर्दा क्यामरामा कैद भएका थिए। पहेंलो रंगको टेप प्रयोग गरेर बललाई क्षति पुर्याएको अवस्थामा ब्यान्क्रफ्ट क्यामरामा कैद भएका थिए। आफ्नो हर्कत स्क्रिनमा कैद भएपछि ब्यान्क्रफ्टले उक्त टेप गोजीभित्र बाट झिकेर ट्राउजरभित्र लुकाएका थिए।

टफेलले यस्तो घटनाबाट अस्ट्रेलियन टिमले पाठ सिक्दै क्रिकेट खेललाई पहिले भन्दा स्वच्छ बनाउनु पर्नेमा जोड दिएका छन्।

“मेरो लागि क्रिकेटमा खेल भवन सबैभन्दा अघि आउछ। जित र हार त चलिरहन्छ तर हामि को हौँ र कसरि खेल्छौ भन्ने कुराले हामीलाई परिभाषित गर्छ। हामिनै क्रिकेटको पहरेदार हौँ। अब आउने वाला पिढीको लागि हामीले राम्रोसंग तयार राख्नुपर्छ। नियमलाई पालना गरेर खेल भवना राखेर मात्रै यस्तो गर्न सकिन्छ”

समाचार – क्रिकेटकन्ट्रीबाट अनुबाद गरिएको हो





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]