सिम्प्सनको विस्फोटक इनिंग : चितवनद्वारा बिराटनगरलाई १९७ रनको लक्ष्य

John Simpson
  • विकेटनेपाल, मङ्सिर-२७ , शुक्रबार 

एभरेस्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार पृथु बास्कोटा कप्तानीको चितवन राइनोज र पारस खड्का कप्तानीको बिराटनगर वारियर्स बीचको खेल टियु मैदानमा जारि छ।

टस जितेर खेलमा बिराटनगर वारियर्सले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाए १९६ रनको योगफल तयार गरेको छ।

यस अघि खेलेको ३ वटै खेलमा पराजित भएको चितवनलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न जितको बिकल्प छैन। उता बिराटनगरले ३ खेलमा २ जित र १ हार बेहोरेको छ र अंकतालिकाको शिर्ष स्थान ताक्ने क्रममा आज जित हात पार्न चाहन्छ।

सिम्प्सनको विस्फोटक ब्याटिंग 

टाइगर्सका ओपनिङ्ग ब्याट्सम्यान सन्दिप सुनार र पल स्टरलिङ्गले पहिलो विकेटको लागि ४४ रन जोडेका थिए।

यु-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सुनार ३० रन बनाएर छैठौं ओभरमा बसन्त रेग्मीको बलमा ठुलो सट खेल्ने क्रममा आउट हुन पुग्दा टाइगर्सले पहिलो विकेट गुमाएको थियो। सुनारले २२ बलमा ६ चौका प्रहार गरे जुन क्रम मा करन केसीले गरेको इनिंगको दोश्रो ओभरमा ३ चौका समाबेस थियो।

सुनारको विकेट पछि जोन सिम्प्सन र स्टरलिङ्गले दोश्रो विकेटको लागि ५२ रनको साझेदारी गर्दै योगफल १०० पार गराए।

Paul Stirling
Paul Stirling

सुस्त ब्याटिंग गरेका स्टरलिङ्ग २३ बलमा १५ रन बनाएर १२ औं ओभरमा पारस खड्काको एलबिडब्लु सिकार भए। इनिंगको क्रममा स्टरलिङ्गले कुनै पनि बाउन्ड्री हिर्काउन सकेनन् ।

दोश्रो विकेट गुमेपछि दिपेन्द्र ऐरि र सिम्प्सनले बिराटनगर बलरहरुलाई निरास बनाउने ब्याटिंग गरे।

एक किनारमा सिम्प्सनले आक्रामक इनिंग खेल्दा राम्रो साथ दिएका दिपेन्द्र अठारौं ओभरमा आउट हुनु अघि दुवैले तेश्रो विकेटको लागि ६९ रनको साझेदारी गरिसकेका थिए। ऐरिलाई भन मिकिरिनले १८ औं ओभरमा क्याच आउट गराए जसले २२ बलमा ३ चौका मदतले ३२ रन बनाए।

२८ बलमा अर्धशतक प्रहार गर्दै ४४ बलमा ७८ रन बनाएका सिम्प्सन अन्तिम ओभरमा करन केसीको बलमा क्याच आउट भए। उनले विस्फोटक इनिंग खेल्ने क्रममा ५ छक्का र ६ चौका प्रहार गरे।

John Simpson
John Simpson

अन्तिममा जर्ज स्कटले १० बलमा २४ रन बनाउदै चितवनको योगफल अझ बढाए। करन केसीको अन्तिम ओभरमा २ छक्का प्रहार गरेका उनले ३ छक्का हिर्काए।

फलस्वरुप २० ओभरमा ४ विकेट गुमाएर चितवनले १९६ रनको योगफल तयार गर्यो।

बिराटनगरको बलिङ्गमा करन केसी, बसन्त रेग्मी, भान मिकिरिन र पारस खड्काले १/१ विकेट लिए। महँगो सावित भएका करन केसीले ४ ओभरमा ५१ रन खर्चिए भने पारसले ३ ओभरमा ३४ रन खर्चिए। रोबिन क्षेत्रीले १ ओभर बलिङ्ग गर्दा १७ रन खर्चिए।

को हुन् सिम्पसन 

३० बर्षिय जोन सिम्प्सनलेइंग्ल्याण्डको उच्च घरेलु प्रतियोगिता काउन्टी क्रिकेटमा लंकाशयर र मिडलसेक्सबाट खेलीसकेका छन्।

इंग्ल्याण्ड यु-१९ क्रिकेट टिमको समेत प्रतिनिधित्व गरिसकेका सिम्प्सनले ९४ वटा मान्यता प्राप्त टी-२० तथा १४० वटा प्रथम श्रेणीमा प्रतिनिधित्व गरेका छन्। देब्रे हाते सिम्प्सन विकेटकिपर ब्याट्सम्यानको भूमिकामा खेल्ने गर्छन् र भर्खरै सम्पन्न भाईटालिटि टि-२० ब्लास्टमा मिडलसेक्सको लागि खेलेका थिए। भाईटालिटि टि-२० मा उनको टिममा इंग्ल्याण्ड कप्तान ओएन मोर्गन, आयरल्याण्ड क्रिकेटर पल स्टरलिङ्ग, न्युजिल्याण्ड राष्ट्रिय क्रिकेटर जेम्स फ्र्यांकलिन जस्ता खेलाडीहरु थिए।

John Simpson
John Simpson

भाईटालिटि टि-२० अन्तर्गत ससेक्स बिरुद्धको अन्तिम खेलमा सिम्प्सनले तेश्रो नम्बरमा ब्याटिंग गर्दै आक्रामक इनिंग खेल्ने क्रममा २९ बलमा ६ छक्का र ४ चौका प्रहार गरेका थिए। उक्त खेलमा ससेक्सको लागि इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटरहरु टाइमल मिल्स , ड्यानी ब्रिग्स, क्रिस जोर्डन तथा दक्षिण अफ्रिकी राष्ट्रिय खेलाडी डेभिड वेइसले बलिङ्ग गरेका थिए।

 





थप समाचार

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]

अस्ट्रेलियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अस्ट्रेलियाको सामना गदैछ। समूह ‘डी’ अन्तर्गतको खेल मलेसियाको […]

अर्जुन ट्रफीः अत्तरियाबाट चार जना राष्ट्रिय खेलाडी

धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कैलालीको सिवाईसी अत्तरियाले चार जना राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ। गो ड्रिमर्सको […]

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]