टि-१० लिग : वाट्सनको सिन्धिज बिरुद्ध खेल्दै सन्दिपको किंग्स

  • विकेटनेपाल, मङ्सिर ६ – बिहिबार

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्द केरला किंग्सले संयुक्त अरब इमिरेट्समा जारि टि-१० लिग अन्तर्गत आज (बिहिबार) दोश्रो खेल खेल्दैछ।

लिग अन्तर्गत हजो राति सम्पन्न खेलमा केरलाले शहिद अफ्रिकी कप्तानीको पख्तुन्सलाई ८ विकेटले पराजित गरिसकेको छ। खेलमा पहिले ब्याटिंग गरेको पख्तुन्सले दिएको ११० रनको लक्ष्य किंग्सले ७.५ ओभरमै पुरा गरेको थियो।

केरलाले दोश्रो खेल शेन वाट्सन कप्तानीको सिन्धिजसंग खेल्नेछ। लिग अन्तर्गत पहिलो खेलमा सिन्धिजले राजपुत्ससंग १० विकेटको पराजय बेहोरीसकेको छ। पहिले ब्याटिंग गर्दै सिन्धिजले दिएको ९५ रनको लक्ष्य राजपुत्सले ४ ओभरमै पुरा गर्दा मोहम्मद सहजादले १६ बलमा ८ छक्का र ६ चौका मदतले ७४ रन बनाएका थिए

सारजाह मैदानमा खेलिने सिन्धिज र केरला किंग्स बीचको खेल नेपाली समय अनुसार साँझ ७:३० बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

शेन वाट्सनको टिममा बेन कटिंग, मोहम्मद इरफान, थिसारा परेरा,मोहम्मद नवाज, दिनेश रामदिन, एन्टन डेभसिच, फवाद एह्मद, बेन लाफ्लिन,  जोफ्रा आर्चर जस्ता खेलाडीहरु रहेका छन् भने सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational )

सन्दिपको सानदार प्रदर्शन

हिजो राति भएको खेलमा केरेलालाई ८ विकेटको जित दिलाउन सन्दिपले महत्त्वपूर्ण प्रदर्शन गरे जसको मद्दतले केरला किंग्सले टि-१० लिग अन्तर्गत आफ्नो पहिलो खेलमा विजयी सुरुवात गर्यो।

सन्दिपले पहिलो इनिंगको पाँचौ ओभर बलिङ्ग गर्दै उत्कृस्ट बलिङ्ग गरेका थिए। आफ्नो पहिलो ओभरमै सन्दिपले २ विकेट हात पार्दा आन्द्रे फ्लेचर र कोलिन इन्ग्राम जस्ता ठुला खेलाडीको विकेट लिए।

ओभरको पहिलो बलमा सन्दिपले वेस्ट इन्डिज क्रिकेटर समेत रहेका आन्द्रे फ्लेचरलाई क्याच आउट गराए। मात्र १४ बलमा २ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाएर खतरनाक बनिरहेका फ्लेचरलाई आउट गरेपछि पनि सन्दिप रोकिएनन्।

पहिलो ओभरको अन्तिम बलमा दक्षिण अफ्रिकी राष्ट्रिय क्रिकेटर रहीसकेका कोलिन इन्ग्रामलाई १ रनको स्कोरमा विकेट किपर थारंगा मार्फत स्टम्प आउट गराए।

पहिलो ओभरमानै सन्दिपले १० रन दिएर २ विकेट लिए।

सन्दिप त्यतिमै रोकिएनन् र लगतै स्पेलमा बलिङ्ग गर्न आउने क्रममा सातौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलाई खाता नखोली काइरन पोलार्डको हातबाट क्याच थमाउदै पेभेलियन फर्काए।

२ ओभरको स्पेल पुरा गर्ने क्रममा सन्दिपले उत्कृस्ट बलिङ्ग गर्दै १७ रन दिएर ३ विकेट हात पार्दै टि-१० लिगमा गजबको सुरुवात गरे। सन्दिपनै खेलको प्लेयर अफ द म्याच समेत चुनिए र २०० डलर समेत प्राप्त गरे। धेरै लिग खेले पनि सन्दिप प्लेयर अफ द म्याच घोषित भएको भने यो पहिलो पटक हो।

सन्दिपको पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
सन्दिपको दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

 

प्लेयर अफ द म्याच घोषित भए पछि रमिज राजासंग कुराकानी गर्ने क्रममा राजाले सोधेको प्रश्नमा सन्दिपले राम्रो स्थानमा बलिङ्ग गरेको र सकभर ब्याट्सम्यान भन्दा टाढा बल फालेको बताए। राजाले लेग स्पिन भन्दा थोरै ओभरको क्रिकेटमा गुगली धेरै गर्नुहुन्छ भनेर सोध्दा सन्दिपले थोरै ओभरको क्रिकेटमा थरिथरिको बल फाल्ने गरेको बताए।

अन्तिममा पुर्व पाकिस्तानी क्रिकेटर समेत रहेका राजाले १८ बर्षमै ‘हट प्रोपर्टी’ भनेर तारिफ गर्दा सन्दिपले भगवान र सुभ चिन्तकहरुले गर्दा यो स्थानसम्म पुगेको बताएका थिए। अन्तर्वार्ता पछि जाँदाजाँदै राजाले सन्दिपलाई १८ बर्षमै यो स्थानमा पुगेको बताउदै उनको कपाल समेत राम्रो भन्दै तारिफ गरेका थिए।

यस अघि पहिलो इनिंग पछि सन्दिपसंग पुर्व न्युजिल्याण्ड क्रिकेटर तथा चर्चित क्रिकेट प्रस्तोता समेत रहेका ड्यानि मोरिसनले पनि अन्तर्वार्ता लिएका थिए जुन अन्तर्वार्तामा सन्दिपले आफुले राम्रो ठाउँमा र लेन्थमा बलिङ्ग गरेको र त्यसैमा ध्यान केन्द्रित गर्दा विकेट पाएको बताएका थिए। खेलको क्रममा कमेन्टेटरहरुले सन्दिपको बारम्बार तारिफ गरे जुन क्रममा पुर्व पाकिस्तानि क्रिकेटर रमिज राजाले सन्दिपलाई भविस्यको ठुलो खेलाडीको रुपमा समेत बताए।

 

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।

सहभागी टिमहरुलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह चरणमा एकअर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि समुहको उत्कृस्ट हुने २-२ टिम बीच सेमीफाइनल खेल हुनेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy