टि-२० विश्वकप छनौट एसिया फाइनल सुरु, आयोजक सिंगापुरको विजयी सुरुवात

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) सिंगापुरमा आज देखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ। विस्तृतमा

विजयी सुरुवात गर्ने क्रममा सिंगापुरले पहिले ब्याटिंग गर्दै दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा कतारले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन मात्रै बनाउन सक्यो।  कतार ब्याट्सम्यान तमुर सजिदले सर्वाधिक ३४ मोहम्मद रिज्लानले अविजित ३३ रन बनाए।

सिंगापुर बलर जनक प्रकास ( ४-१-१५-३ ) र अमजद महबुब ( ४-०-३८-३ ) ले ३/३ विकेट लिए।

Singapore Cricket Team ( File Photo ) 

यस अघि इन्डियन एसोसीएसन मैदान सिंगापुरमा टस जितेर ब्याटिंग रोजेको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १८६ रनको योगफल तयार गरेको थियो।

सिंगापुरको लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रन बाए जुन क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै टिम डेभिडले ३८ ( २९ बलमा ३ चौका १ छक्का ) , मनप्रित सिंहले ३४ ( १८ बलमा १ चौका र २ छक्का ) र रोहन रंगराजनले ३२ रन ( २० बलमा ३ चौका र २ छक्का ) बनाए।

कतार बलर इकबाल हुसेनले ४ विकेट ( ४-०-३३-४ ) र नौमन सर्वारले २ विकेट ( ४-०-३८-२ ) लिए।

आजै दोश्रो खेलमा कुवेत र मलेसिया प्रतिस्पर्धा गर्दैछन्। नेपालले मंगलबार कतारसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। खेल नेपाली समय विहान ७:१५ बजे सुरु हुनेछ। भोलिनै सिंगापुर र कुवेत दोश्रो खेलमा प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]