रोमाञ्चक खेलमा सिंगापुरसंग स्कटल्याण्ड पराजित

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको रोडम्यापको रुपमा रहेको टि-२० विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा सिंगापुरले स्कटल्याण्डलाई पराजित गरेको छ ।

आइसीसी एकेडेमी दुबईमा सम्पन्न खेलमा अन्तिम ओभरमा ४ विकेट रहंदा ८ रन बनाउन नसकेपछि स्कटल्याण्ड २ रनले पराजित भएको हो । अमजद महबुबले पहिलो २ बलमा मात्र १ रन खर्चे । तेस्रो र चौथो बलमा लगातार विकेट लिए । त्यसपछि स्कटल्याण्डलाई २ बलमा ५ रन चाहिएको थियो । तर महबुबले पाचौं बल पनि डट फाले । अन्तिम बलमा ५ रन चाहिँदा मात्र २ रन दौडिन सकेपछि सिंगापुरले रोमाञ्चक जित हात पार्यो ।

सिंगापुरले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १६६ रनमात्र बनाउन सक्यो । उसका लागि जर्ज मुनसे र कायल कोट्जरले ७।४ ओभरमा ७० रनको ओपनिङ्ग साझेदारी गरेका थिए । मुनसेले २५ बलमा ४६ रन र कोट्जरले ३६ बलमा ३८ रन बनाए ।

१११ रन्को स्कोरमा दुवै ओपनर पेभिलियन फ़र्किएपछि ठुलो साझेदारी बन्न सकेन । दोश्रो विकेट गुमेपछि आएका कलुम म्याकलोएड ३१ बलमा ४४ रन बनाउंदै १६२ रनको स्कोरमा आउट भए ।

सिंगापुरका विजयकुमारले ३ विकेट लिंदा १६ रन खर्चिए । त्यस्तै सिद्धान्त सिंह र अमजद महबुबले समान २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको सिंगापुरले ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका सुरेन्द्रन चन्द्रमोहनले ५५ बलमा ५१ रन बनाए । यस्तै अरित्र दत्तले १५ बलमा ३२ रन, मनप्रित सिंहले २६ बलमा २६ रन र जनक प्रकाशले ११ बलमा २० रन बनाए । नविन परमले ७ बलमा १३ रन र सिद्द्हत सिंह १ रनमा अविजित रहे ।

स्कटल्याण्डका जोश डेभी र शफ्यान शरिफले समान २/२ विकेट लिए ।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]