कर्पोरेट सुपर सिक्स सुरु : सिप्रदीको दोहोरो जित, सेन्चुरीसंग सिभिल पराजित

  • विकेटनेपाल, मङ्सिर १० 

पाँचौ संस्करणको सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सोमबार देखि राजधानीमा सुरु भएको छ। एसएस इभेन्ट्सको आयोजनामा त्रिभुवन बिश्वबिद्यालय किर्तिपुर मैदानमा सुरु भएको खेलको सेन्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले ब्याटिंग र बैंककै ब्रान्ड एम्बासडर प्रतिभा मालीले बलिङ्ग गर्दै उद्घाटन गर्नु भएको थियो।

प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलहरुमा सेन्चुरी बैंक, सुबिसु, सिप्रदी, सनराइज बैंक, नबिल बैंक, अन्नपूर्ण मिडियाले जित दर्ता गरेका छन्।

पहिलो खेल: सिभिल बैंक Vs सेन्चुरी बैंक

आज भएको पहिलो खेलमा सेन्चुरी बैंकले २४ रनको जित दर्ता गर्यो। टस हारेर पहिले ब्याटिंग गरेको सेन्चुरी बैंकले म्यान अफ द म्याच दिवेश डंगोलको अविजित ३४ रन, राजन खड्गीको अविजित १५ रन र सुरज तिमिल्सिनाको अविजित १४ रनको मद्दतमा ६७ रन बनाएको थियो।जवाफमा लक्ष्य पछ्याएको सिभिल बैंकले भोला बिस्टको अविजित २५ रनको मद्दतका बाबजुत ५ ओभरको समाप्तीमा २ विकेट गुमाएर ४३ रन बनाउन सक्यो।

दोश्रो खेल: ओम देव बैंक Vs सुर्य नेपाल

दोश्रो खेलमा सुर्य नेपालले ८ रनको जित निकाल्यो। सुर्य नेपालको जितमा ब्याटिंगतर्फ बिकास शर्माले अविजित ३५ रन र अमित पाठकले अविजित ११ रन बनाएपछि टिमले ५ ओभरमा २ विकेटको क्षतिमा ७२ रन बनाएको थियो। त्यस्तै बलिंगतर्फ ओमदेव बैंकलाई ६४/२ को स्कोरमा रोक्न म्यान अफ द म्याच घोषित बिकास शर्माले ७ रनमा २ विकेट लिए।ओमदेव बैंकका बिनय भण्डारीको अविजित ३१ रन र १ विकेटको अलराउण्ड प्रदर्शन पर्याप्त हुन सकेन।

तेस्रो खेल: सुबिसु Vs ई-सेवा

तेस्रो खेलमा सुबिसुले ६ विकेटको जित निकाल्यो। उसले ई-सेवाले दिएको ५२ रनको लक्ष्य विकेट नगुमाई ३.१ ओभरमा पुरा गर्यो। सुबिसुको जितमा म्यान अफ द म्याच घोषित रोजन प्रधानले अविजित ३४ रन र दमन चन्दले अविजित १९ रनको पारि खेले। बलिंगतर्फ ई-सेवालाई ५१/२ को योगफलमा रोक्न  हिमाल चन्दले मेडन विकेट ओभर गरे भने गणेश बिस्टले ८ रन खर्चेर १ विकेट लिए। ई-सेवाका प्रज्वल श्रेष्ठले अविजित १७ रन र रुपेश न्यौपानेले अविजित १४ रन बनाए।

चौथो खेल: सिप्रदी Vs कुमारी बैंक

चौथो खेलमा सिप्रदीले कुमारी बैंकलाई ६ रनको अन्तरले पराजित गर्यो। सिप्रदीको जितमा ब्याटिंगतर्फ चिरन थापाले अविजित १६ रन बिकास सिंहले अविजित १० रन बनाएपछि टिमले ५ ओभरमा ३ विकेट गुमाएर ६२ रन बनाएको थियो। बलिंगतर्फ कुमारी बैंकलाई सस्तैमा समेट्न सैलेन्द्र नेपाली, जनक वाग्ले, म्यान अद द म्याच घोषित चिरन थापा र दिपेश श्रेष्ठले १/१ विकेट हात पारे। कुमारी बैंकले ५ ओभरमा ४ विकेट गुमाएर ५६ रन बनाएको थियो। उसका सन्तोष महतोले अविजित १८ रन र सर्बग्य थापाले १० रन बनाएका थिए।

पाचौँ खेल: सनराईज बैंक Vs टाइगर बियर

पाँचौ खेलमा सनराइज बैंकले टाइगर बियरलाई ६ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै टाइगरले दिएको ५० रनको लक्ष्य सनराइजले २.४ ओभरमा विकेट नगुमाई पुरा गर्यो। सनराइजको लागि म्यान अफ द म्याच चुनीएका सृजन सुबेदीले अविजित ३१ रन बनाउनुको साथै १ विकेट समेत लिए।

छैठौं खेल : ओम डेभलपमेन्ट बैंक Vs नबिल बैंक 

छैठौं खेलमा नबिल बैंक ४४ रनले विजयी भयो। पहिले ब्याटिंग गर्दै नबिलले दिएको १०९ रनको लक्ष्य पछ्याउने क्रममा ओमले मात्र ६२ रन बनाउन सक्यो। नबिलको लागि म्यान अफ द म्याच चुनिएका गोपाल श्रेष्ठले २ विकेट लिए भने ब्याटिंगमा बिनोद दाहालले ३६ र अमित पोखरेलले ३५ रन बनाए।

सातौँ खेल : ईसेवा Vs अन्नपूर्ण मिडिया ग्रुप 

खेलमा अन्नपूर्ण मिडिया ग्रुप ३५ रनले विजयी भयो। पहिले ब्याटिंग गरेको अन्नपूर्णले दिएको ७९ रनको लक्ष्य पछ्याउने क्रममा ईसेवाले ४३ रन मात्रै बनाउन सक्यो। अन्नपूर्णको लागि म्यान अफ द म्याच चुनिएका बसन्त खत्रीले ३५ रन तथा बिभु श्रेष्ठले ३३ रन योगदान दिए।

आठौँ खेल : सिप्रदी Vs एनएमबि 

खेलमा सिप्रदी ४ विकेटले विजयी भयो। पहिले ब्याटिंग गर्दै एनएमबिले दिएको ६७ रनको लक्ष्य सिप्रदीले ४.१ ओभरमा पुरा गर्यो। सिप्रदीको लागि म्यान अफ म्याच चुनिएका दिपेश श्रेष्ठले २३ रन बनाए।

 





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]