फिचर फोटो – सिता राना मगर अर्धशतक पुरा गरेपछि
- विकेटनेपाल, फाल्गुन १२ – शनिबार
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत उपाधीका लागि पूर्वाञ्चल र विभागीय टोलि एपिएफ भिड्ने भएका छन् । शनिबार आयोजित सेमिफाइनल खेलमा पूर्वाञ्चलले मध्यमान्चललाई ५३ रनले तथा एपीएफले सुदुर-पश्चिमाञ्चललाई ८१ रनले पराजित गरेका हुन् ।
पहिलो सेमिफाइनल: पूर्वाञ्चल Vs मध्यमान्चल
रास्ट्रिय क्रिकेट टिमकी सदस्य समेत रहेकी काजोल श्रेष्ठले ५५ रन बनाएपछि टस जितेर पहिले ब्याटिंग गरेको पूर्वाञ्चलले २० ओभरमा २ विकेट गुमाउदै ११९ रनको योगफल तयार पारेको थियो । यस्तै अप्सरी बेगमले ३२ रन बनाउदै तेस्रो विकेटको लागि काजोलसँग मिलेर ८६ रनको साझेदारी गरेकी थिईन। कप्तान रुबिना क्षेत्रीले पनि अविजित १४ रन बनाईन।
जवाफमा रुबिना क्षेत्रीले ४ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर ३ विकेट लिएपछि मध्यमान्चलले २० ओभरमा सबै विकेट गुमाउदै मात्र ६६ रन बनाउन सक्यो। मध्यमाञ्चलका लागि कन्चन श्रेष्ठले २१ र सीता श्रेष्ठले १७ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन।
प्लेयर अफ द म्याच पुर्वान्चलकि काजोल श्रेष्ठ घोषित भईन् ।
दोश्रो सेमिफाइनल: सुदुर- पश्चिमाञ्चल Vs एपीएफ
आजै भएको दोश्रो सेमिफाइनलमा रास्ट्रिय क्रिकेट टिमकि अनुभवी खेलाडी समेत रहेकी सीता रानामगरले ५१, सरिता मगरले ३७ र ज्योति पाण्डेयले १८ रन बनाएपछि एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो ।
जवाफमा सीता मगर र करुण भण्डारीले समान ३/३ विकेट लिएपछि सुदुर पस्चिमान्चलले १९ ओभरमा सबै विकेट गुमाउदै मात्र ५५ रन बनायो। यस्तै एपीएफकी अन्जली चन्दले २ विकेट हात पारिन्। सुदूरपश्चिमका लागि निशा भट्टले ११ रन बनाउनबाहेक अरुले दोहोरो अंक छुन सकेनन्। खेलको प्लेयर अफ द म्याच सिता राना मगर भईन्। फाईनल खेल आइतबार फाप्ला क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उप–विजेताले दुई लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन्।
फोटोहरु –