सिताको कीर्तिमानी स्कोर, नेपालको हालसम्मकै ठूलो योगफल

२०७८ मंसिर २, बिहीबार १७:३३

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण अन्तर्गत टि-२० अन्तर्राष्ट्रिय सिरिजको तेश्रो तथा अन्तिम खेलमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा १६४ रन बनाउदै कतारलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपालले बनाएको १६५ रन टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला क्रिकेट टिमको सर्वाधिक योगफल हो। यस अघि कतारसंग पहिलो खेलमा बनाएको १४६ रन सर्वाधिक स्कोर थियो।

नेपालको ब्याटिंगमा ओपनर सिता राना मगरले सर्वाधिक ८२ रन योगदान दिईन्। अविजित रहने क्रममा उनले ७२ बलमा ७ चौका प्रहार गरिन्। इन्दु बर्मा र रुबिना क्षेत्री पछि सिता टि-२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने तेश्रो नेपाली महिला क्रिकेटर बनिन्।सिताको स्कोर नेपाली महिला क्रिकेटरको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक स्कोर समेत हो। यस्तै ज्योति पाण्डेले २४, सरिता मगरले १७ तथा डली भट्टले १२ रन योगदान दिए।

सिताले काजलसंग पहिलो विकेटको लागि ३२ रनको साझेदारी गरिन्। काजल पाँचौ ओभरमा आउट भएपछि सिता र ज्योतिले दोश्रो विकेटको लागि ६७ रनको साझेदारी गरे। ज्योति र डली भट्ट आउट भएपछि सिता र सरिता बीच चौंथो विकेटको लागि ४२ रनको साझेदारी भयो।

सिरिज अन्तर्गत पहिलो र दोश्रो खेल नेपालले क्रमशः ११९ र ६१ रनले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy