सितालाई हंगकंगमा खेल्ने अवसर

२०७८ मंसिर १८, शनिबार २२:००

राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान सीता रानामगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल महिला टि-२० प्रतियोगिता २०२२ खेल्ने भएकी छिन्। क्रिकेटको माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।

सिताले हंगकंगमा खेल्ने यो अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) बाट मान्यता प्राप्त महिला टी-२० क्रिकेट प्रतियोगिता हो । प्रतियोगिता सन् २०२२ को मे १ देखि १५ सम्म हुनेछ जसमा प्रतियोगितामा विभिन्न ६ टोली समावेश हुनेछन्। यद्यपि सीताले कुन टोलीबाट प्रतिनिधित्व गर्छिन् भन्ने खुलाइएको छैन।

प्रतियोगितामा बिभिन्न देशका खेलाडीहरु फरक टिममा समाबेश गरिनेछन्। नेपाल लगायत हंगकंग, भुटान, क्यानडा, मलेसिया, जर्मनी, चिन, ओमान, ब्राजिल, अमेरिका जस्ता देशहरुको महिला क्रिकेटरलाई समेत सहभागी गराइदै छ। यस्तै टेस्ट राष्ट्र भारत, वेस्टइन्डिज,अस्ट्रेलिया, आयरल्याण्ड, न्युजिल्यान्डका महिला क्रिकेटरहरु समेत बिभिन्न टिममा हुनेछन्। चर्चित भारतीय क्रिकेटर हर्मनप्रित सिंह समेत प्रतियोगितामा कुनै एउटा टिमको कप्तान हुने छिन्।

क्विन्स इभेन्ट मेनेजमेन्टले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप–कप्तान समेत रहेकी रानामगरले हङगङगमा हुने प्रतियोगिता खेल्ने जानकारी गराएको हो। क्विन्स इभेन्ट मेनेजमेन्टले राना मगरलाई एजेन्सी सेवा प्रदान गर्नेछ।

सन् २००७ मा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता देखी राष्ट्रिय टिमको महत्वपूर्ण सदस्य रहँदै आएकी सिताले नेपालको लागि २१ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेकी छिन्। उनले त्यस क्रममा २७.४३ को औशतले ४३९ रन बनाउनुको साथै २१ विकेट समेत लिएकी छिन्। बायाँ हाते ओपनिंग ब्याट्सम्यान तथा स्पिनर नेपालको महिला टि-ट्वान्टी अन्तर्राष्ट्रियको सर्वाधिक रनकर्ता र विकेटकर्ता समेत हुन्। यस्तै उनले गत महिना कतार बिरुद्ध बनाएको अविजित ८२ रन नेपाली महिला क्रिकेटरको व्यक्तिगत सर्वाधिक रन समेत हो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy