३ ठुलो रेकर्ड बन्दा नेपालले बनायो ११९ रन

sita rana magar

( फिचर फोटो – सिता राना मगर – फाइल )

  • विकेटनेपाल- माघ-४ , शुक्रबार 

थाईल्याण्ड टि-२० स्म्यास अन्तर्गत सेमीफाइनल खेलमा टस हारेर पहिले ब्याटिंग गर्दै नेपालले इन्डोनेसियालाई १२० रनको लक्ष्य प्रस्तुत गरेको छ।

टेर्ड थाई मैदानमा टस जितेर नेपाललाई इन्डोनेसियाले ब्याटिंगको निम्तो दिएको थियो। पहिलो विकेटको लागि सिता राना मगर र काजल श्रेष्ठले ३१ रनको साझेदारी गरे। काजल नवौं ओभरमा आउट हुनु अघि १४ रन बनाईन्।

काजलको विकेट पछि सिताले इन्दु बर्मासंग साझेदारी गर्दै नेपालको योगफललाई १०० पार गराए। दोश्रो विकेटको लागि ७० रनको साझेदारी गरेपछि सिता ४८ रनको व्यक्तिगत स्कोरमा रन आउट हुन पुगिन्। सितले ६२ बलमा १ चौका प्रहार गरिन्। सिताको विकेट पछि नेरी थापा ५ रन बनाएर आउट भइन्।

नेपालले पुरै २० ओभर ब्याटिंग गर्दा ३ विकेट गुमाएर ११९ रनको योगफल तयार गर्यो। इन्दु बर्माले अविजित ३७ रन बनाउन ३३ बलमा २ चौका प्रहार गरिन्। टी-२० अन्तर्राष्ट्रियमा इन्दुको यो व्यक्तिगत सर्वाधिक योगफल हो।

Indu Barma
Indu Barma ( File Photo )

३ ठुलो रेकर्ड कायम 

सिताले बनाएको ४८ रन कुनै पनि नेपाली महिला खेलाडीको टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक व्यक्तिगत योगफल हो। यस अघि सितालेनै युएईसंग बनाएको ३७ रन सर्वाधिक व्यक्तिगत योगफल थियो जसलाई सिता आफैले तोडिन्।

महिला अन्तर्राष्ट्रिय टि-२० मा सिता र इन्दुको ७० रनको साझेदारी नेपालको लागि कुनै पनि विकेटको लागि सर्वाधिक साझेदारी हो। यस अघि प्रतियोगिताकै युएईसंगको खेलमा सिता राना मगर र काजल श्रेष्ठले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरका थिए।

नेपालले बनाएको १२० रनको योगफल टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले बनाएको सर्वाधिक योगफल हो। युएईसंग नेपालले जित हात पार्ने क्रममा बनाएको १०६ रन नेपालले बनाएको सर्वाधिक योगफल हो। पहिलो इनिंगमा नेपालले ब्याटिंग गरेको टि-२० अन्तर्राष्ट्रियमा यो नै पहिलो अवसर पनि हो।


प्रतियोगिता अन्तर्गत नेपालले समुह चरणको खेलमा शत-प्रतिशत जित हात पार्दै समुह विजेताको रुपमा सेमीफाइनलमा स्थान बनाएको थियो। नेपालले पहिलो खेलमा चिनलाई १० विकेटले , दोश्रो खेलमा म्यानमारलाई ५२ रनले, तेश्रो खेलमा युएईलाई ६ विकेटले तथा चौथो खेलमा थाईल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा गरेको हो।

नेपालको प्रतियोगितामा नतिजा 

बिरुद्ध – चिन : १० विकेटले विजयी ( चिन ४८/६ , नेपाल ४९/० )
बिरुद्ध – मलेसिया : ६ विकेटले विजयी ( मलेसिया ६१, नेपाल ६२/४ )
बिरुद्ध – युएई : ६ विकेटले विजयी ( युएई १०५/६ , नेपाल १०६/४ )
बिरुद्ध – थाईल्याण्ड ए : ९ विकेटले विजयी ( थाईल्याण्ड ‘ए’ १९  , नेपाल २०/१ )





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]