सुशील कोइराला महिला यु-१९ क्रिकेट : कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी 

बाँकेको कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर-११ र गण्डकी प्रदेश विजयी भएका छन्। कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो।

आजको पहिलो खेलमा कोहलपुर मेयर-११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित गर्यो। स्कोरकार्ड हेर्नुस  

कोहलपुर मेयर-११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो।

लुम्बिनीको ब्याटिंगमा सुष्मिता भुसालले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन्।

कोहलपुरको बलिंगमा रिया शर्माले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा मात्र ७ रन खर्चिन्। भवानी कमाती र तृष्णा विश्वकर्माले २/२ विकेट तथा हैमवती रोय, आरति महतो र प्रतिमा शाहले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर-११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो।

कोहलपुरको लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिईन्। अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन्। प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाईन्। लुम्बिनीको बलिंगमा सरु तिवारी र एन्जिला पाठकले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच साना प्रविन घोषित भईन्।

आजको दोश्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित गर्यो। स्कोरकार्ड हेर्नुस  

गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो।

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक २४ रन, गङ्गा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाईन्।

गण्डकी प्रदेशको बलिंगमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिईन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चीन्। आकृति तिवारी र सिमाना केसीले २/२ विकेट तथा कुसुम गोदार र निरुता जीटिले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो।

गण्डकीको लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिईन्। चौंथो नम्बरमा ब्याटिंग गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन्। सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाईन्।

सुदूरपश्चिमको बलिंगमा स्नेहा महराले १ विकेट लिनु बाहेक अन्य बलर विकेटविहिन रहे। गण्डकीले २ विकेट रन आउट मार्फत गुमायो।

खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भईन्।

प्रतियोगिता अन्तर्गत भोलि आइतबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विहान ९:३० बजे बागमती र लुम्बिनी तथा दोश्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]