बंगलादेशबिरुद्ध श्रीलंकाको शानदार जित

  • विकेटनेपाल, फाल्गुन-४ शुक्रबार 

बंगलादेश र श्रीलंका बीचको अन्तर्राष्ट्रिय टि-२०  शृंखला अन्तर्गतको पहिलो खेलमा श्रीलंका ६ विकेटले बिजयी भएको छ। यो टि-२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेश विरुद्ध अहिले सम्मकै सर्वाधिक चेज पनि हो।

शेर ए बंग्ला मैदानमा सम्पन्न खेलमा टस जितेर बातिंग रोजेका बंगलादेशले उत्कृस्ट ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। बंगलादेशका लागि मुश्फिकर रहिम (६१ रन , ७ चौका र १ छक्का) र  सौम्य सरकार ( २ चौका र २ छक्का) ले  अर्धशतक प्रहार गरे। त्यसैगरी कप्तान मह्मुदुल्लाले अविजित ४३ रनको योगदान गरे। उनले आफ्नो पारीमा २ चौका र २ छक्का प्रहार गरे।

श्रीलंकाका लागि बलिंगतर्फ कम्ब्याक गरिरहेका जीवन मेन्डिसले सर्वाधिक २ विकेट चट्काए।

 

जवाफमा ब्याटिंग गरेको श्रीलंकाले १६.४ ओभरमा ४ विकेट गुमाउदा जित हात पार्यो। श्रीलंकाको जितमा कुशल मेन्डिसले ५३ रनको पारी खेले। २७ बलमा उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी दशुन शानका (४२ रन), थिसारा परेरा (३९) र धनुस्का गुनाथालिकाले ३० रनको योगदान गरे। बलिंग तर्फ नज्मुल इस्लामले ४ ओभरको स्पेलमा २५ रन खर्चेर २ विकेट लिए भने रुबेल होसेन र अफिफ होसेनले १-१ चट्काए। खेलमा अर्ध शतक बनाएका कुशल मेन्दिस म्यान ओफ दि म्याच घोषित भए।

यस अघि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र टेस्ट सिरिज श्रीलंकाले जितेको थियो। शृंखला अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ।

samraat maharjan

Cricket is Life.Believe in your ability and Follow you passion. Never give up

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy