- विकेटनेपाल, फाल्गुन-४ शुक्रबार
बंगलादेश र श्रीलंका बीचको अन्तर्राष्ट्रिय टि-२० शृंखला अन्तर्गतको पहिलो खेलमा श्रीलंका ६ विकेटले बिजयी भएको छ। यो टि-२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेश विरुद्ध अहिले सम्मकै सर्वाधिक चेज पनि हो।
शेर ए बंग्ला मैदानमा सम्पन्न खेलमा टस जितेर बातिंग रोजेका बंगलादेशले उत्कृस्ट ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। बंगलादेशका लागि मुश्फिकर रहिम (६१ रन , ७ चौका र १ छक्का) र सौम्य सरकार ( २ चौका र २ छक्का) ले अर्धशतक प्रहार गरे। त्यसैगरी कप्तान मह्मुदुल्लाले अविजित ४३ रनको योगदान गरे। उनले आफ्नो पारीमा २ चौका र २ छक्का प्रहार गरे।
श्रीलंकाका लागि बलिंगतर्फ कम्ब्याक गरिरहेका जीवन मेन्डिसले सर्वाधिक २ विकेट चट्काए।
जवाफमा ब्याटिंग गरेको श्रीलंकाले १६.४ ओभरमा ४ विकेट गुमाउदा जित हात पार्यो। श्रीलंकाको जितमा कुशल मेन्डिसले ५३ रनको पारी खेले। २७ बलमा उनले ८ चौका र २ छक्का प्रहार गरे। त्यसैगरी दशुन शानका (४२ रन), थिसारा परेरा (३९) र धनुस्का गुनाथालिकाले ३० रनको योगदान गरे। बलिंग तर्फ नज्मुल इस्लामले ४ ओभरको स्पेलमा २५ रन खर्चेर २ विकेट लिए भने रुबेल होसेन र अफिफ होसेनले १-१ चट्काए। खेलमा अर्ध शतक बनाएका कुशल मेन्दिस म्यान ओफ दि म्याच घोषित भए।
यस अघि त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला र टेस्ट सिरिज श्रीलंकाले जितेको थियो। शृंखला अन्तर्गत दोश्रो तथा अन्तिम खेल आइतबार खेलिनेछ।