रोमान्चक खेलमा भारतलाई हराउदै श्रीलंका च्याम्पियन

  • विकेटनेपाल, पुष १ , आइतबार 

अत्यन्त रोमान्चक खेलमा भारतलाई ३ रनले पराजित गर्दै श्रीलंकाले एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताको सेमीफाइनलमा श्रीलंकाले बंगलादेशलाई तथा भारतले पाकिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।

रोमान्चक भयो फाइनल 

टस जितेर ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २७० रनको योगफल तयार गरेको थियो। जवाफमा भारतले ५० ओभर ब्याटिंग गरे पनि ९ विकेट गुमाएर २६७ रन बनाउन सक्दा खेल ३ रनको झिनो अन्तरले गुमाउन पुग्यो।

अत्यन्त खराब सुरुवात गरेको भारतले लक्ष्य पछ्याउने क्रममा पहिलो ६ विकेट १२७ रनमै गुमाईसकेको थियो जसपछि कप्तान जयन्त यादब र स्याम्स मुलानीले शतकीय साझेदारी गर्दै टिमलाई जित दिलाउने बाटोमा लागेका थिए।

अन्तिम ४ ओभरमा भारतलाई जितको लागी ३७ रन आवस्यक थियो भने हातमा ४ विकेट सुरक्षित थियो। क्रिजमा कप्तान जयन्त यादब ७४ रनमा तथा श्याम्स मुलानी ४६ रन बनाएर अविजित थिए। जित भारतको पक्ष्य तिर जाँदै गर्दा खेलले नाटकीय मोड लियो।

तिब्र गति बलर असेला गुनारत्नेले गरेको ४७ औं ओभरमा ७२ रन बनाएका कप्तान यादब क्याच आउट भए भने लगत्तै बलमा ४७ रन बनाएर मुलानी पनि आउट हुन पुगे। त्यसै ओभरमा नयाँ ब्याट्सम्यान अंकित राजपुतलाई पनि गुनारत्नेले क्याच आउट गराऊदा भारत १७ ओभर सम्पतिमा २३४/६ बाट २३९/९ को अवस्थामा पुग्यो।

भारतलाई अब जितको लागि अन्तिम ३ ओभरमा ३२ रन आवस्यक थियो र साथमा १ विकेट। ब्याटिंगमा अन्तिम जोडीको रुपमा मायाँक मारकन्डे र अतित सेठ थिए।

रोमान्चक अन्तिम ओभर 

अन्तिम जोडीले ४८ औं ओभरमा १० रन बनाएपछि २ ओभरमा जित्न २२ रन आवस्यक थियो। ४९ औं ओभरमा लासिथ एम्बुल्देनियाले किफायती बलिङ्ग गर्दै मात्र २ रन दिए पछि अन्तिम ओभरमा जित्न २० रन आवस्यक भयो।

अन्तिम ओभर श्रीलंका राष्ट्रिय क्रिकेटर समेत रहेका कामिन्दु मेन्डीसले गरे। मेन्डीसको ओभरको दोश्रो बलमा सेठले छक्का प्रहार गरे पछि ४ बलमा जित्न १४ रन आवस्यक भयो। पुनः ओभरको चौथो बलमा सेठले छक्का हिर्काए। अब बाँकी २ बल थियो जितको लागि ८ रन। पाँचौ बलमा सेठले २ रन लिन सकेपछि अन्तिम बलमा जित्न ६ रन आवस्यक थियो।

अन्तिम बलमा सेठ छक्का प्रहार गर्न असफल रहे र २ रन मात्र लिन सक्दा खेल ३ रनले श्रीलंका जित्न सफल भयो।

श्रीलंकाको ब्याटिंग 

श्रीलंकाले पहिले ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २७० रन बनाएको थियो। इनिंगमा कमिन्दु मेन्डीसले सर्वाधिक ६१ रन तथा हसिथा बोयागोडाले ५४ रनको योगदान दिएका थिए। मेन्डीसनै खेलको प्लेयर अफ द म्याच चुनिए।

अगस्ट सेप्टेम्बरमा भएको एसिया कप छनौट प्रतियोगितामा खराब प्रदर्शन गर्दै चौथो स्थान हात पारेपछि नेपाल इमर्जिङ्ग टिम्स कप खेल्न पाएन। पहिलो भएको हंगकंग , दोश्रो भएको युएई र तेश्रो भएको ओमानले प्रतियोगितामा मौका पाएका थिए।

( फोटो – एसीसी )





थप समाचार

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ । […]

नेपालको सुपर थ्रीको सम्भावना कायमै

काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नरहने

काठमाडौं। लेग स्पिनर सन्दीप लामिछाने नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा नरहने भएका छन्। बुधबार सामाजिक सञ्जालमा उनले उक्त […]

बेलायत जाने नेपाली टोलीको बिदाइ

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]

नेपाल हङकङसँग पराजित

काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]

शनिबारदेखि पुनः सुरु हुँदै आईपीएल

काठमाडौं । भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण एक साताका लागि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि पुनः सुरु […]