फर्नान्डोको शतक पछि अनुशासित बलिंग गर्दा श्रीलंका विजयी

भ्रमण टोलि दक्षिण अफ्रीकालाई १४ रनले पराजित गर्दै श्रीलंकाले तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ। आर प्रेमदासा स्टेडियम कोलोम्बोमा श्रीलंकाले दिएको ३०१ रनको लक्ष्य पछ्याउने क्रममा पुरै ५० ओभर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले ६ विकेट क्षेतीमा २८६ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रीकाको लागि ओपनर एडेन मारक्रमले सर्वाधिक ९६ रन बनाए जुन क्रममा ९० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। रसि भान डर डुसेनले ५९ रन, कप्तान टेम्बा बभुमाले ३८ रन, हेनरिच क्लासेनले ३६ रन तथा जानेमन मलानले २३ रन योगदान दिएता पनि जितको लागि पर्याप्त रहन सकेन।

ओपनर मारक्रमले मलानसंग ४९ रनको ओपनिंग तथा दोश्रो विकेटको लागि बभुमासंग ११७ रनको साझेदारी गरेका थिए। मारक्रम ३१ औं ओभरमा देब्रे हाते स्पिनर प्रभिन जयविक्रमाबाट क्याच आउट हुँदा दक्षिण अफ्रीका १६६/२ को अवस्था थियो। जितको लागि १९ ओभरमा करिब ७ रन प्रतिओभर १३५ रन आवस्यक हुँदा साथमा ८ विकेट रहेता पनि त्यसपछि श्रीलंकाले कसिलो बलिंग गर्दा दक्षिण अफ्रीकालाई अन्तिममा रन गतिको दबाब पर्यो।

अन्तिम १० ओभरमा साथमा ७ विकेट साथमा भएता पनि जित्न ९.१ रन प्रतिओभरमा ९१ रन आवस्यक रह्यो। सो अवस्थामा भानडर डुसेन र क्लासेनले अर्धशतकीय साझेदारी गर्दै रन गति बढ्न दिएनन्। ४६ औं ओभरमा डुसेनलाई अकिला धनन्जयले बोल्ड गर्दै श्रीलंकालाई खेलमा फर्काए। अन्तिम ४ ओभरमा आवस्यक ४१ रन आवस्यक हुँदा ४७ औं ओभरमा वानिन्दु हसरंगाले मात्र ३ रन तथा ४८ औं ओभरमा दुश्मन्था चमिराले मात्र ६ रन दिंदा दक्षिण अफ्रीका दबाबमा पर्यो। अन्तिम २ ओभरमा ३२ रन आवस्यक हुँदा चमिका करुनारत्नेले ५ रन मात्र खर्चेर १ विकेट लिएपछि श्रीलंका पूर्णतः खेलमा हावी बन्यो।

श्रीलंकाको बलिंगमा अकिला धनन्जयले २ तथा चमिका करुनारत्ने, वानिन्दु हसरंगा र प्रभिन जयविक्रमाले समान १ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग रोजेको श्रीलंकाले ५० ओभरमा ९ विकेट क्षेतीमा ३०० रन बनाएको थियो। उसको ओपनर अभिस्का फर्नान्डोले करियरको दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा ११५ बलमा १० चौका र २ छक्का मद्दतले ११८ रन बनाए। चरिथ असलंकाले ६२ बलमा ७२ रन, धनन्जय डी सिल्भले ६२ बलमा ४४ रन तथा ओपनर मिनोद भानुकाले ३९ बलमा २७ रन योगदान दिए।

४३ औं ओभरमा तब्रेज शाम्सीबाट आउट हुनु अघि फर्नान्डोले पहिलो विकेटको लागि भानुकासंग ५७ रनको, तेश्रो विकेटको लागि डी सिल्भा संग ७९ रनको तथा चौथो विकेटको लागि असलंकासंग ९७ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडा र केशव महाराजले समान २ विकेट लिए भने एडेन मारक्रम र तब्रेज शाम्सीले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो र तेश्रो खेल सेप्टेम्बर ४ र ७ तारिखमा खेलिनेछ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]